default_image

5 years ago

August 13, 2020

नेयमारले ‘म्यान अफ द म्याच’ चुपो मोटिङलाई दिए

180 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमार यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पहिलो क्वाटरफाइनलमा एटलान्टाविरुद्ध खेलमा म्यान अफ द म्याच चुनिए । तर उनले उक्त अवार्ड आफ्नो सहकर्मी एरिक माक्सिम चुपो मोटिङलाई दिए ।

पीएसजीले नाटकीय पुनरागमन गर्दै खेलमा जित दर्ता गरेको थियो । खेलको पहिलो हाफमा मारियो पासालीचको गोलमा एटलान्टाले अग्रता लिएको थियो । पीएसजीले खेल अवधिभर बलमा पकड जमाएर आक्रमण बुनेपनि इटालियन टोलीका डिफेन्डर र गोलरक्षकले पीएसजीलाई खेलमा फर्कन दिएनन् ।

मुख्यत: नेयमारले एटलान्टाको मिडफिल्ड र डिफेन्सलाई चिर्दै बल अगाडी बढाएपनि पहिलो रोजाईमा खेलेका पाब्लो सराबिया र माउरो इकार्डीले त्यसको सदुपयोग गर्न सकेनन् । प्रशिक्षक थोमस टचेलले ६० औं मिनेटमा सराबियाको स्थानमा किलीयन एमबाप्पेलाई मैदान पठाएपछि पीएसजी थप आक्रामक देखिएको थियो । तर गोल भने निस्केन ।

७९ औं मिनेटमा टचेलले इकार्डीको स्थानमा चुप मोटिङलाई मैदान छिराए । त्यसपछि भने पीएसजीले पेनाल्टी क्षेत्रभित्र पनि खतरा सिर्जना गर्न थाल्यो । एटलान्टाले आफ्नो थकित डिफेन्डर परिवर्तन गर्दै अर्का एक फरवार्ड पनि मैदान छिराएर स्कोर सुनिश्चित गर्ने प्रयास गर्दा पीएसजी भने लगातार आक्रमण बुन्न थाल्यो, र सफल पनि भयो ।

९० औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो । निकै दबाबका बीच आक्रामक मुभ बनाएको पीएसजीका लागि मार्किन्हसले गोल गरे । चुप मोटीङको क्रसमा नेयमारको प्रहार डिफेन्डरले रोकेपनि मार्किन्हसले बललाई पोस्ट पार गराएका थिए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा पीएसजीले विजयी गोल गर्यो । नेयमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपो मोटीङले गोल गर्दै पीएसजीलाई अन्तिम चार नजिक पुर्याएका थिए ।

खेल अवधिभर नेयमारले लगातार विपक्षी खेलाडीलाई छक्याउँदै अवसर सिर्जना गरेपनि फरवार्डहरुले त्यसको सदुपयोग गर्न सकेका थिएनन् । तर एमबाप्पे र मोटिङको आगमनले नेयमारको मिहिनेत सार्थक भयो र पीएसजीले सेमिफाइनलमा स्थान पक्का गर्यो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.