default_image

5 years ago

August 17, 2020

नेयमार र एमबाप्पेले पिएसजी नछाड्ने विश्वास

157 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का अध्यक्ष नासिर अल खलिफाले आफ्ना टोलीका सुपरस्टारद्वय नेयमार र केलियन एमबाप्पले खेल जीवनको अन्त्य पेरिसमै गर्नेमा विश्वस्त छन् ।

एटलान्टाविरुद्ध अन्तिम समयमा २ गोल फर्काउँदै पिएसजी बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो । १ गोलले पछि परेको खेल उल्टाउँदै पिएसजी विजयी भएको थियो । वैकल्पिक खेलाडीको रुपमा एमबाप्पे मैदान प्रवेश गरेपछि पीएसजी जिततर्फ उन्मुख देखिएको थियो । पीएसजीले अब सेमिफाइनलमा मंगलबार आरबी लाइप्जिगको सामना गर्दैछ ।

यसबीचमा पीएसजीका अध्यक्ष खालिफाले आफ्ना दुवै स्टारले क्लब नछाड्ने बताएका छन् । ‘केलियनका साथ नेयमार विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन्,’ टोली सेमिफाइनल पुगेपछि खालिफाले तारिफमा भने, ‘उनी विश्वका उत्कृष्ट तीन मध्येका हुन् । नेयमार खेलको म्यान अफ द म्याच भए । उनी र केलियनले कहिल्यै छाड्ने छैनन् । उनीहरु पिएसजीमै रहनेछन् ।’

पिएसजी धेरै पटक नकआउट चरणबाट बाहिरिंदै आएको छ । २५ वर्षपछि यसपटक टोली अन्तिम चारको यात्रा तय गर्न सफल भएको छ । सन् १९९५ यता पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो । अब पीएसजीको नजर उपाधिमा छ ।

‘हामीले सेमिफाइनल पुगेकोमा विजयउत्सव मनायौं । अब हाम्रो सोच सेमिफाइनलमा केन्द्रित छ ,’ खलिफाले थपे,’हामीले खेलाडी, सिंगो टोली र सञ्चारमाध्यमको मनस्थितिमा परिवर्तन ल्याउनु छ । किन की पिएसजीलाई हरेकले शंका गर्छन् ।’

उनले एटलान्टाविरुद्ध जितको खुसियाली साट्ने क्रममा भने, ‘यो हाम्रा लागि विशेष दिन हो । हाम्रा खेलाडी र स्टाफमा मलाई गर्व छ । लिग रद्द भएका कारणले पनि हामीलाई सहज भएको हो ।’ कोभिड १९ का कारण स्थगित लिग त्यहि अवस्थामा रद्द भएपछि शीर्ष टोली पिएसजीलाई विजेता घोषित गरिएको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.