default_image

5 years ago

August 13, 2020

डेम्बेले ९ महिनापछि बार्सिलोना टोलीमा

206 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगका लागि लिस्बन भ्रमणमा निस्कनुअघि बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले टोलीको नाम सार्वजनिक गर्दा ओसमाने डेम्बेले पनि समेटिएका छन् । डेम्बेले नौ महिना पछि टोलीमा समेटिएका हुन् ।

सेटिनले नेपालीविरुद्ध शनिबार भएको प्रिक्वार्टरफाइनलमा पनि डेम्बेलेलाई अन्तिम १६ भित्र राखेका थिए । तर, फ्रान्सेली विङ्गरमा आत्म विश्वासको कमी देखिएका कारण मैदानमा भने उतारेनन् ।

डेम्बेले टोलीबाट भने पूर्ण रुपमा ठीक भएको विश्वास गरको छ । शुक्रबार बायर्न म्युनिखविरुद्ध हुने क्वार्टरफाइनलमा उनले केहि मिनेट भएपनि मौका पाउने आशा गरिएको छ । यदि उनी परिवर्तित खेलाडीका रुपमा रहेनन् भने सुरुवात गरेर पछि परिवर्तन पनि हुन सक्ने अनुमान गरिएको छ ।

सेटिनको २६ सदस्यीय टोलीमा सामुइल उम्टिटी भने छ्रनन् । उनी पनि टोलीबाट ठीक हुने क्रममा रहेका छन् । तर, मार्टिन ब्रथवेट भने टोलीसँगै लिस्वन जानेछन् । यद्दपी नाम दर्ता नभएका कारण उनले च्याम्पियन्स लिग खेल्न पाउने छैनन् । २६ सदस्यीय टोलीमा बार्सिलोना ‘बी’ का नौं खेलाडी समेटिएको छ । बिहीबार लिस्बन पुग्ने टोलीले दिउँसो अभ्यास गर्ने बताइएको छ ।

बार्सिलोना टोली

गोलरक्षक – मार्क एन्ड्रेटर स्टेेेेेेगन , नेटो, इनाकी पेना

रक्षक – नेल्सन सेमेडो, जेरार्ड पिके, क्लेमेन्ट लेगलेट, जोर्डी अल्बा, जुनियर र्फिपो, रोनाल्डो अरुजो, ओस्कार मिन्गुइजा

मिडफिल्ड – इभान राकिटिक, सर्जियो बुस्केट्स, सर्जियो रोर्बेटो, फ्रिन्की डी जोङ, अर्टुरो भिडाल, रिक्वी प्युग, मोन्चु, लुडोभिड रियस, जान्र्डो ओरेलाना

फरवार्ड– लुइस स्वारेज, लियोन मेस्सी, ओसामे डेम्बेले, एन्टोनियो ग्रिजमन, मार्टिन ब्रेथवेट, अन्सु फाती, कोनार्ड डे ला फ्युन्टे

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.