default_image

5 years ago

August 13, 2020

रोनाल्डोलाई बार्सिलोना पठाउने युभेन्टसको प्रस्ताव

286 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न क्याटलान क्लब बार्सिलोना समक्ष सनसनीपूर्ण प्रस्ताव अघि सारेको छ ।

बार्सिलोनाले यो प्रस्ताव स्वीकारेको खण्डमा आधुनिक फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सी एकै क्लबमा एकसाथ खेल्नेछन् । यी दुई खेलाडीले झन्डै १५ वर्ष विश्व फुटबलमा एकछत्र राज गरेका छन् । इटालियन संचार माध्यम स्पोर्ट्समिडियासेट र स्पेनिस पत्रकार गिलेम बालागेले बीबीसीको ५ स्पोर्टसँग अन्तर्वार्ताका क्रममा बार्सिलोनाको प्रस्तावबारे खुलासा गरेका हुन् । बालागे विश्व फुटबलवृतमा खेलाडीहरुको नजिक मानिने गर्दछन् ।

स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व खेलाडी रोनाल्डोले वार्षिक २८ मिलियन पाउन्ड तलब बुझ्ने गर्दछन् । आर्थिक समस्याका कारण युभेन्टसले रोनाल्डोको मोटो तलब कटाउनकै लागि उनलाई बेच्न चाहेको छ । नयाँ प्रशिक्षक पिर्लोले टोलीलाई नयाँ स्वरूप दिने प्रयासमा आफ्नो योजनामा नरहेका र मोटो रकम बुझ्ने खेलाडीलाई बेच्न चाहेका छन् । त्यसमा रोनाल्डो र पाउलो डिबालासँगै आरोन राम्सीको नाम अगाडि रहेको छ ।

‘रोनाल्डोलाई बार्सिलोनासहित सबै ठाँउमा प्रस्ताव गरिएको छ । मलाई थाहा छैन उसले कमाएको पैसाबाट उनी सजिलैसँग छुटकारा पाउन सक्दछन् । यस्तो किसिमको पारिश्रमिक कसले दिनेछ । कोरोना महामारीका कारण बार्सिलोनालाई पनि चरम आर्थिक मन्दी छ । त्यसैले बार्सिलोनाले मोटो रकम खर्चन सक्नेछैन । रियल बार्सिलोनासँग दुरी कम गर्न चाहन्छ,’ बालागेले ५ स्पोर्टलाई भनेका छन् ।

फुटबल समर्थकहरुले पनि मेस्सी र रोनाल्डोको आक्रमणको जोडी एकै क्लबबाट खेलेको हेर्ने चाहना छ । तर, यो असम्भव जस्तै छ । युभेन्ट्सले आरोन राम्से र पाउलो डिबाला जस्ता खेलाडीबाट पनि छुटकारा पाउन खोजिरहेको छ। जसले नयाँ टोली निर्माण गर्न सहयोग पुर्‍याउदछ । पिर्लोले क्लबका मालिकसँग बसेको बैठकमा कम्तिमा रोनाल्डो र डिबालामध्य एक मात्र रहने सक्ने भन्ने टुंगो लागिसकेको छ ।

स्पेनिस पत्रकार बालागले रोनाल्डो फ्रेन्च क्लब पीएसजीसँग जोडिनुको कारण पनि यही रहेको बताएका छन् । ‘पीएसजी पनि रोनाल्डो अनुबन्ध गर्नेबारे सोचमा छ । तर, पीएसजीको इच्छा भन्दापनि युभेन्टसले एजेन्ट जर्ज मेन्डेसलाई रोनाल्डोको लागि टोली खोज्न निर्देशन दिइसकेको छ । त्यसैले पीएसजी पनि उनको लागि गन्तव्य हुनसक्छ,’ उनले भने ।

३५ वर्षे रोनाल्डो २०१८ मा ९० मिलियन पाउन्डमा रियल म्याड्रिड छाडेर युभेन्ट्स पुगेका थिए । त्यहाँ उनले दुई सिजन बिताउँदा राम्रो प्रदर्शन गरिरहेका छन् । युभेन्ट्स दुवैपटक सिरी ‘ए’ च्याम्पियन बनिसकेको छ । सान्टियागो बर्नबेउमा उत्कृष्ट करियर बिताएका रोनाल्डोले युभेन्ट्समा पनि आफ्नो गोल गर्ने क्षमतालाई निरन्तरता दिएका छन् ।

बालागेका अनुसार पछिल्लो महिनामा रोनाल्डोले रियल फर्कने प्रारम्भिक छलफल गर्न खोज्दा रियलले त्यसको कुनै सम्भावना नरहेको प्रष्ट पारिसकेको छ । एमएलएसमा जान पनि रोनाल्डोको तलब माग अत्याधिक भएकाले कमै क्लबले उनको आर्थिक भार थेग्न सक्छन् । यस्तोमा बार्सिलोना र पीएसजी नै सम्भावित गन्तव्य हुन सक्छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.