5 years ago
August 13, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाइनलमा आज (बिहीबार) राति जर्मन क्लब आरबी लाइप्जिग र स्पेनिस एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । लाइप्जिग र एट्लेटिको पहिलोपटक आमने–समने हुन लागेका हुन् ।
डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुललाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेको एट्लेटिको जर्मन प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ । आफ्ना दुई खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि मानसिक दवावमा रहेको एट्लेटिको त्यसलाई भुल्दै खेलमा केन्द्रित हुनेछ ।
लाइप्जिगविरुद्ध पोर्चुगिज युवा स्टार जोओ फेलिक्स नै मुख्य हतियार हुनेछ । उनलाई यान्निक कारास्को, सउल निग्वेज, कप्तान कोकी, मार्काेस लोरेन्टे, जोस जिमिनेज र जान ओब्लाकले साथ दिनेछन् । एट्लेटिकोले अहिलेसम्म जर्मन क्लवविरुद्ध खेलेका नकआउट खेलमा सधैं जित निकालेको छ ।
यता, साविकको उपविजेता इंग्लिस क्लब टोटेनहम हट्सपरलाई पाखा लगाउँदै पहिलोपटक क्वाटरफाइनलमा स्थान बनाएको लाइप्जिग अझै अघिल्लो चरणमा पुग्ने दाउमा हुनेछ । तर, मुख्य खेलाडी टिमो वेर्नरको अभाव टोलीलाई खड्कन सक्नेछ । वेर्नर जर्मन बुन्डेस लिगा सकिएलगत्तै इंग्लिस क्लब चेल्सी पुगेका छन् ।

लाइप्जिगका प्रशिक्षक जुलियन नेगल्सम्यानले वेर्नर नहुदा टोलीमा कुनै असर नपर्ने बताएका छन् । प्रशिक्षक नेगल्समनले एट्लेटिकोविरुद्धको खेल आफ्ना युवा खेलाडीका लागि राम्रो अनुभव हुने बताए ।
पछिल्लो ६ बर्षमा दुईपटक फाइनलमा पुगेको एट्लेटिकोविरुद्ध बुन्डेसलिगा क्लबले जित निकाल्न बढी नै मिहनेत गर्नुपर्नेछ । एट्लेटिकोको बलियो रक्षापङ्तिविरुद्ध लाइप्जिगको आक्रमक राणनितीको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]