5 years ago
August 13, 2020
एजेन्सी – इंग्लिस स्टार डेविड बेकह्यामको क्लब इन्टर मायमीले इटालियन च्याम्पियन युभेन्ट्सका फ्रेन्च मिडफिल्डर ब्लेइस माटुइडीलाई अनुबन्धन गरेको छ ।

फ्रान्सले २०१८ विश्वकप जित्दा टोलीका सदस्य रहेका माटुइडीलाई अमेरिकी मेजर लिग सकर (एमएलएस) मा खेल्दै आएको इन्टर मायमीले अनुबन्ध गरेको हो । युभेन्ट्सले सम्झौता अवधि एक वर्ष बाँकी रहँदै उनलाई फुकुवा गरेपछि माटुइडीले पूर्व सहकर्मी बेकह्यामको क्लब रोजेका हुन् ।
बेकह्याम र माटुइडीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट सँगै खेलेका थिए । यससँगै बेकह्याम र माटुडीको पुर्नमिलन हुने भएको छ । ‘मेरो साथी ब्लेइसलाई इन्टर मायमीमा स्वागत गर्न पाउँदा म खुशी छु । उनी एक रमाइलो र प्रतिभाशाली खेलाडी हुन्,’ बेकह्यामले भने, ‘हाम्रो नयाँ टिममा ब्लेइस जस्तो विश्वविजेता खेलाडी हुनु गर्वको क्षण हो । यो मालिक र प्रशंसकहरुको लागि पनि खुशीको क्षण हो ।’
माटुडीले मायमीबाट डेब्यु खेलको लागि सेप्टेम्बर पहिलो सातासम्म कुर्नुपर्ने छ । उनले कोभिड–१९ को परिक्षण गरेपछि क्वारेन्टिनमा बस्नुपर्ने छ । ‘मलाई आशा छ । हामी सँगै धेरै ट्रफीहरु जित्नेछौं,’ सम्झौतापछि माटुइडीले भने, ‘यो मेरो लागि ठुलो चुनौती हो र म मेरो नयाँ टिमका साथीहरु र समर्थकहरु हेर्न पाउँदा उत्साहित छु । म सक्दो मेहेनत गर्नेछु ।’
बक्स टु बक्स मिडफिल्डर माटुइडी सन् २०१७ मा पीएसजीबाट युभेन्ट्स पुगेका थिए । उनले युभेन्ट्सबाट तीन सिरी ‘ए’ उपाधि जितेका छन् । यस्तै माटुइडीले पीएसजीबट चार पटक फ्रेन्च लिग वान उपाधि जितेका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]