5 years ago
August 14, 2020
एजेन्सी – च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग पराजित भएसँगै रियल म्याड्रिडको यो सिजनको अन्त्य भएको थियो । कोभिड १९ को संक्रमणका कारण स्थगित लिग पछि सुरु हुँदा रियलले उच्च प्रदर्शन गर्यो । जसका कारण टोली ला लिगका जित्न सफल भएको थियो ।

सिजनको अन्त्यपछि टोलीका जनरल म्यानेजर जासे एन्जल सान्चेजले खेलाडीको टोलीलाई सम्बोधन गर्ने क्रममा आउने सिजनका लागि टोलीमा नयाँ खेलाडी थप्ने योजना नभएको सुनाएका थिए । उनले च्याम्पियन्स लिगबाट टोली बाहिरिएपछि समग्रमा व्यवस्थापन टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको पनि सोही अवसरमा बताएका थिए ।
सान्चेजले पीएसजीबाट लोनमा आएका गोलरक्षक अल्फन्स एरोलाले भने टोली छाड्ने निश्चित भएको जानकारी दिँदै उनले स्थायी रुपमा उनर्ला लिनका लागि क्लबको आर्थिक अवस्था बलियो नरहेको प्रष्ट पारेका थिए । कोभिड १९ कै कारण नयाँ खेलाडी लिन नसकिने पनि उनले टोलीका खेलाडीलाई जानकारी दिए ।
रियलबाट अन्यत्र क्लबमा लोनमा गएका खेलाडी क्लबमा फर्कन सक्ने सम्भावना रहेको पनि उनले बताए । प्रशिक्षक जिनेदिन जिदानले मार्टिन ओडेगार्डलाई रियल सोसीडाडबाट फिर्ता बोलाउने निर्णय गर्दै अर्को सिजन सिनियर टोलीमा रहने पक्का गरिसकेका छन् । यस्तै ड्यानी सेबालोस र गोलरक्षक आन्द्रे लुनिनको पनि टोलीमा फर्कने बलियो सम्भावना छ । मिडफिल्डर ताकेफुसा कुबो भने एक सिजनका लागि लोनमा भिल्लारियल पुगिसकेका छन् ।
रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि अहिलेको कठिन अवस्थामा ठूला खेलाडीसँगको सम्झौताका लागि केहि समय कुर्नुपर्ने बताएका थिए । नयाँ सिजन अघिको ब्रेकको समयमा खेलाडीले आफनो जिम्मा आफै लिनुपर्ने पनि जनाएको थियो । टोली अगष्ट ३० सम्म विश्राममा रहनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]