5 years ago
August 14, 2020
एजेन्सी – स्पेनिस टोली एटलेटिको म्याड्रिडलाई पराजित गर्दै जर्मन क्लब आरबी लाइप्जिग यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । लिस्बनमा भएको क्वाटरफाइनलमा लाइप्जिग २-१ ले विजयी रहयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । लाइप्जिगले ड्यानी ओल्मोको गोलमा अग्रता लिएपनि वैकल्पिक खेलाडी जोआओ फेलिक्सले एटलेटिकोलाई खेलमा फर्काएका थिए । तर खेलको २ मिनेट समय बाँकी रहँदा बेन्चबाट आएका टाइलर एडम्सले गोल गर्दै लाइप्जिगको जित पक्का गरे ।
खेलको छैटौं मिनेटमा नै लाइप्जिगले अग्रता लिने सुवर्ण अवसर गुमायो । डिफेन्डर मार्सेल हाल्सटनबर्गले पेनाल्टी क्षेत्र भित्रबाट गरेको भली प्रहारले पोस्टको दिशा लिन सकेन । ११ औं मिनेटमा रेएटलेटिकोका नान लोडीको लामो फ्रिकिकमा स्टेफान साभिचको हेडरलाई गोलरक्षक पिटर गुलाचीले सहजै बचाए ।
१४ औं मिनेटमा गोलरक्षक गुलाचीले यानिक फरेरा करास्कोको प्रहारलाई विफल पारे । २१ औं मिनेटमा करास्कोकै फ्रिकिकलाई हाल्सटनबर्गले क्लियर गर्दै सम्भावित खतरा टारे । खेलको ३४ औं मिनेटमा हेडरको प्रयास गर्ने क्रममा एटलेटिको म्याड्रिडका स्टेफान साभिच र हाल्सटनबर्गको टाउको जुध्दा चोटका कारण केहीबेर खेल रोकिएको थियो ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा लाइप्जिगका डायोट उपामेकानोले कर्नरबाट आएको बलमा प्रहार गरेको हेडर गोलरक्षक यान ओब्लाकले बचाए । लगत्तै लोडीको फ्रिकिकमा साभिचको हेडरले पोस्टको दिशा लिन सकेन । पहिलो हाफमा लाइप्जिगले बल पोसेसनमा पकड बनाएपनि एटलेटिको काउन्टर अट्याकमा आक्रमण बुन्न सफल भएको थियो ।
खेलको ५१ औं मिनेटमा लाइप्जिगले ओल्मोको गोलमा अग्रता लियो । कप्तान साबिट्जरले दायाँ विङ्गबाट दिएको क्रसलाई ओल्मोले पेनाल्टी क्षेत्र भित्रबाट हेडरमार्फत गोल गरेका थिए । लगत्तै अर्कोतर्फ मार्कोस लोरेन्टेले बराबरी गर्ने अवसर पाएपनि गोलरक्षक गुलाचीले खतरा टारे ।

७० औं मिनेटमा लुकास कोल्स्टरम्यानले युवा फरवार्ड जोआओ फेलिक्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । मैदान प्रवेश गरेको १२ मिनेट नबित्दै फेलिक्सले आफैंले प्राप्त गरेको पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ८८ औं मिनेटमा लाइप्जिगले पुन: अग्रता लियो । एन्जेलिनोको पासमा टाइलर एडम्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार डिफेन्डर लोडीलाई लाग्दै गोलमा परिणत भएको थियो ।
लाइप्जिगले अब सेमिफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ । पीएसजीले बुधबार राति एटलान्टालाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]