5 years ago
August 14, 2020
एजेन्सी – ब्राजिलियन विंगर विलियनले इंग्लिस क्लब चेल्सी छाड्दै लन्डनकै अर्काे क्लब आर्सनलसँग सम्झौता गरेका छन् ।

आर्सनलले ३२ वर्षे विलियनलाई फ्रि ट्रान्सफरमा तीन वर्षको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२४ सम्म आर्सनलमा रहनेछन् । विलियनले चेल्सीसँग तीन वर्षको सम्झौता मागेपनि चेल्सीले त्यसलाई पुरा नगरेपछि उनले क्लब छाडेका थिए । चेल्सीले दुई वर्षको नविकरण गर्ने प्रस्ताव राखेकोमा सहमति हुन सकेको थिएन ।
सम्झौता अनुसार विलियनले प्रतिसाता २ लाख २० हजार पाउन्ड पारिश्रमिक पाउने बुझिएको छ । भेट्रान खेलाडीको लागि आर्सनलले मोटो रकम खर्चिएको भन्दै समर्थकहरुले आलोचना समेत गरेका छन् । आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले टोलीमा आवश्यक खेलाडी भएकाले उनलाई अनुबन्ध गर्न क्लबले प्राथमिकता बनाएको बताए ।
‘विलियन हाम्रो टोलीमा प्रभाव बनाउन सक्ने खेलाडी हुन् । हामीले उनलाई पछिल्लो केहि महिनादेखि नै हेरिरहेका थियौं । उनले आक्रामक मिडफिल्डर र विंगरको भूमिका निर्वाह गर्न सक्छन् । विश्व फुटबलमा उनले प्रसस्त अनुभव बटुलेका छन् र हामीलाई आफ्नो लक्ष्यमा पुग्न निकै सहयोग मिल्नेछ,’ आर्टेटाले भने ।
विलियनले यो सिजन चेल्सीका लागि ४७ खेलमा ११ गोल र ९ गोलको लागि सहायता दिएका थिए ।
उनी २०१३ मा रसियन क्लब एन्जि माखाचाख्लाबाट चेल्सीमा आएका थिए । समग्रमा विलियनले चेल्सीका लागि ३३९ खेलमा ६३ गोल गरेका छन् । उनले चेल्सीबाट दुई पटक इंग्लिस प्रिमियर लिग र समान एकपटक एफए कप, इएफएल कप र युरोपा लिग जितेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]