5 years ago
August 14, 2020
एजेन्सी – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका लियोनेल मेस्सी फुटबलबाट सर्वाधिक धनी खेलाडीको सुचिमा शीर्षस्थानमा रहेका छन् ।

फ्रान्स फुटबलले निकालेको तथ्यांकअनुसार मेस्सीले पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन सर्वाधिक धनी खेलाडीको शीर्षस्थानमा उभिएका हुन् । मेस्सीले २०१९ मा १२० मिलियन पाउन्ड कमाई गरेका छन् ।

रोनाल्डोले १०९ मिलियन पाउन्ड कमाएका छन् । मेस्सीले रोनाल्डोको भन्दा ११ मिलियन बढी कमाए । १०० मिलियनभन्दा बढी कमाई गर्ने खेलाडी मेस्सी र रोनाल्डोमात्रै रहेका छन् । उनीहरुले आफ्नो पारिश्रमिक, बोनस, विज्ञापन लगायत अन्य माध्यमबाट कमाई गरेका हुन् ।
ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार ८७ मिलियन कमाइसहित तेस्रो स्थानमा रहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडका ग्यारेथ बेल ३५.४५ मिलियनसहित चौथो स्थानमा रहेका छन् ।

बार्सिलोनाका एन्टोइन ग्रिजमन ३५.२५ मिलियनसहित पाँचौ स्थानमा अटाउँदा बेल्जियन तथा रियल म्याड्रिडका इडेन हाजार्ड ३२.०६ मिलियन पाउन्डसहित छैटौं स्थानमा छन् ।

क्याटलान क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर तथा जापनिज क्लब भिसेल कोवीका आन्द्रेस इनिस्टा सातौं स्थानमा अटाउँदा इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ ३०.९६ मिलियनसहित आठौं स्थानमा छन् ।
जर्मन क्बल बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की २६.५६ मिलियन पाउन्डसहित नवौं स्थानमा रहँदा फ्रान्स तथा पीएसजीका युवा स्टार केलियन एमबाप्पे २४.७३ मिलियन पाउन्डसहित शीर्ष १० भित्र अटाएका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]