default_image

5 years ago

August 14, 2020

मेस्सी विरुद्ध लेवान्डोस्की : यस्तो छ करिअर तथ्यांक

189 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार राती क्वाटरफाइनल चरणको तेस्रो खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलमा सबैको नजर स्टार फरवार्डद्वय लिओनेल मेस्सी र रोबर्ट लेवान्डोस्कीमा हुनेछ ।

च्याम्पियन्स लिगमा हालसम्म अर्जेन्टिनी कप्तान मेस्सी ६ पटक सर्वाधिक गोलकर्ता भइसकेका छन् । यसपटक भने उक्त उपाधि पोल्यान्डका फरवार्ड लेवान्डोस्कीको पक्षमा पर्ने पक्काजस्तै छ । दुवै खेलाडीले यस सिजन भने ७ खेल खेलेका छन् । मेस्सीले ३ गोल गर्दा लेवान्डोस्कीले १३ गोल गरिसक्केका छन् ।

दुवै खेलाडी आ-आफ्नो लिगको सर्वाधिक गोलकर्ता पनि हुन् । मेस्सीले स्पेनिस लिगको ३३ खेल खेल्दै २५ गोल गर्दा लेवान्डोस्कीले भने ३१ खेलमा ३४ गोल गरेका थिए । च्याम्पियन्स लिगमा मेस्सीले गोल गर्न नसकेपनि टोलीको जितमा निर्णायक भूमिका भने खेल्दै आएका छन् ।

मेस्सी र लेवान्डोस्कीबीच यसअघि पनि भेट भएको छ । सन् २०१४/१५ सिजनमा लेवान्डोस्कीले बायर्नमा पहिलो सिजन बिताउँदा बार्सिलोनाले जित हासिल गरेको थियो । पहिलो लेगमा बार्सिलोना ३-० ले विजयी रहँदा दोस्रो लेगमा बायर्न ३-२ ले जितेको थियो । दोस्रो लेगमा लेवान्डोस्कीकै गोलमा बायर्नले खेल बराबरीमा ल्याएपनि अगाडी बढ्न सकेन । त्यस सिजन बार्सिलोनाले युभेन्टसलाई ३-१ ले हराउँदै उपाधि जितेको थियो ।

उमेरको हिसाबमा लेवान्डोस्की मेस्सीभन्दा २ वर्षले कान्छा छन् । उचाईमा पनि ३१ वर्षीय लेवान्डोस्की मेस्सीभन्दा १४ सेन्टिमिटर अग्ला छन् । दुवैको खेल्ने शैली फरक हुनुमा शारीरिक बनोटले पनि फरक पारेको छ । मेस्सी सामान्यतया राइट विङ्गबाट खेल्ने गर्छन् भने लेवान्डोस्की मुख्य फरवार्डको भूमिकामा देखिन्छन् ।

हालसम्म च्याम्पियन्स लिगमा मेस्सीले १ सय ४२ खेल खेल्दै ०.८१ गोल प्रति खेलको औसतमा १ सय १५ गोल गरेका छन् । लेवान्डोस्कीले भने ८७ खेलमा ०.७६ गोल प्रतिखेलको औसतमा ६६ गोल गरेका छन् । मेस्सीले हालसम्म ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् भने लेवान्डोस्की अझै पनि पहिलो उपाधिको खोजीमा छन् । लेवान्डोस्की सन् २०१३ को फाइनलमा डर्टमुन्डबाट खेल्दा बायर्न म्युनिखसँग २०१ ले पराजित भएको थियो ।

घरेलु लिगमा मेस्सीले ४ सय ५३ खेलमा ४ सय ३३ गोल गरेका छन् । लेवान्डोस्कीले ४ सय ३८ खेल खेल्दै ३ सय ४ गोल गरेका छन् । मेस्सीले १६ वर्षको सिनियर करिआरमा १० पटक लिग उपाधि जितेका छन् । यस्तै लेवान्डोस्कीले भने १४ सिजन फुटबल खेल्दै ९ पटक लिग उपाधि उचालेका छन् ।

मेस्सीले १३ वर्षको उमेरमा नै अर्जेन्टिना छाडेर बार्सिलोनाको एकेडेमी ला मसियामा प्रशिक्षण सुरु गरेका थिए । उनले त्यहाँ रहेर युवा टोली हुँदै सिनियर टोलीसम्म यात्रा तय गरे । यता लेवान्डोस्कीले भने निच्ज प्रुस्कोबाट तल्लो श्रेणीको लिग हुँदै लेक पोज्नानबाट लिग उपाधि जितेका थिए । त्यसपछि बोरुसिया डर्टमुन्ड आएका उनले सन् २०१४ मा बायर्न गएदेखि लगातार लिग जित्दै आएका छन् ।

लेवान्डोस्कीकी श्रीमती आन्ना स्टाचुर्स्का कराते विशेषज्ञ हुन् । उनीहरुको दुई छोरि छन् । यता मेस्सीले भने आफ्नो बाल्यकालको साथी एन्टोनेल्ला रोक्कुजोसँग  नै परिवार बसाएका छन् । उनीहरुको ३ छोरा छन् ।

बार्सिलोना विरुद्ध बायर्न म्युनिखको खेल जानकारी

खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि शुरु हुनेछ । यि दुई टोली २०१५ पछि पहिलोपटक भिड्न लागेका हुन् । दुवै टोली खेल आफ्नो पक्षमा पार्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछन् । यो खेललाई उच्च लयमा रहेका फरवार्ड रोवर्ट लेवान्डोस्की र लिओनेल मेस्सी बीच विशेष प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ ।

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडलाई सुम्पिएको बार्सिलोना बायर्नलाई हराउँदै सेमिफाइनलमा पुग्ने दाउमा हुनेछ । शनिबार नेपोलीबिरुद्ध सिजनको ३१औ गोल गरेका मेस्सी बार्सिलोनासँग पाचौं च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छन् । मेस्सी नै टोलीको मुख्य हतियार हुनेछन् ।

बार्सिलोनालाई मेस्सीसँगै लुइस सुआरेज, एन्टोइन ग्रिजमन, आर्टुरो भिडाल, सर्जियो बुस्क्वेट्स, फ्रान्की डि जोङ, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके, नेल्सन सेमेडो र गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनको साथ रहनेछ । यसबाहेक फरवार्ड औसमाने डेम्बेलेले ९ महिनापछि टोलीमा पूनरागमन गरेका छन् ।

यता, उत्कृष्ट लयमा बायर्न बार्सिलोनालाई हराउदै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको बायर्नले कोरोनापछिको सबै १३ खेलमा जित निकालेको छ । बायर्न सोही जितलाई निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ ।

बायर्नका लागि यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की नै मुख्य हतियार हुनेछन् । उनले यो सिजन कुल ५३ तथा च्याम्पियन्स लिगमा १३ गोल गरिसकेका छन् । उनी च्याम्पियन्स लिगमा यो सिजनको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् । लेवान्डोस्की रियल म्याड्रिडका पुर्व खेलाडी क्रिस्टियानो रोनाल्डोले एक सिजनमा गरेको सर्वाधिक १७ गोलको कीर्तिमान भेट्टाउने लक्ष्यमा हुनेछन् ।

उनलाई थोमस मुलर, सर्जी जिनाब्री, किङ्सले कोमन, थियागो अलकान्तरा, लियोन गोरेट्ज्का, डेभिड खलवा, जेरोमी बोएटिङ, जोसुवा किम्मिच र गोलरक्षक तथा कप्तान म्यानुयल नोएरले साथ दिनेछन् ।

दुवै टोलीमा विश्वस्तरीय उत्कृष्ट खेलाडी रहेका कारण यो हाई प्रोफाइल भिडन्त निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ । यि दुई टोली हालसम्म ६ पटक आमने–सामने हुदा बायर्नले ६ खेल आफ्नो पक्षमा पारेको छ । दुई खेल बार्सिलोनाले जितेको छ ।

हेड टु हेड

बायर्नविरुद्ध बार्सिलोना (–२) – च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेग (२०१५)

बार्सिलोनाविरुद्ध बायर्न (३–०) – च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेग लेग (२०१५)

बायर्नविरुद्ध बार्सिलोना (–०) – क्लब मैत्रीपुर्ण (२०१३)

बार्सिलोनाविरुद्ध बायर्न (०–) – च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेग लेग (२०१३)

बायर्नविरुद्ध बार्सिलोना (–०) – च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेग (२०१३)

बार्सिलोनाविरुद्ध बायर्न (–०) – औडी कप (२०१३)

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.