5 years ago
August 15, 2020
एजेन्सी – आधुनिक फुटबलका हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैजना १५ वर्षपछि यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा नदेखिने भएका छन् ।

रोनाल्डोको टोली प्रि–क्वाटरफाइनलबाट तथा मेस्सीको बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएपछि सन् २००५ पछि पहिलोपटक मेस्सी वा रोनाल्डो च्याम्पियन्स लिगको सेमिफाइनलमा नदेखिने भएका हुन् ।
पछिल्लो १५ वर्ष च्याम्पियन्स लिगमा मेस्सी र रोनाल्डोको दबदबा हेरिरहेका दर्शक यो सिजनमा सेमिफाइनलदेखि नै उनीहरुलाई देख्न पाउने छैनन् । २००४–०५ को सिजनमा मेस्सीले करियर सुरु गर्दा बार्सिलोना चेल्सीसँग प्रि–क्वाटरफाइनलमा तथा त्यतिबेला रोनाल्डोको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एसी मिलानसँग प्रि–क्वाटरफाइनलमा पराजित भएको थियो ।
त्यसपछि यी दुई खेलाडी लगातार रुपमा च्याम्पियन्स लिगको कुनै न कुनै संस्करणका सेमिफाइनलसम्म पुगिरेहका हुन्थे । तर, अब दुवै खेलाडी पहिलोपटक सेमिफाइनलमा नदेखिने भएका हुन् ।
यो १५ वर्षको अवधिमा मेस्सीले चारपटक तथा रोनाल्डोले पाँचपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यससँगै अब ३३ वर्षे मेस्सी र ३५ वर्षे रोनाल्डोको युग सकिदै गएको फुटबल विश्लेषकले अनुमान लगाएका छन् । सन् २०१८ मा लुका मोड्रीचले ब्यालोन डी’ओर जित्दै मेस्सी र रोनाल्डोको दशक लामो वर्चस्वमा पूर्णविराम लगाएका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]