default_image

5 years ago

August 15, 2020

पीडादायी इतिहासले पिरोलिएको बार्सिलोना

234 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनल, अनि बायर्न म्युनिखसँग ८-२ को हार । सारा विश्व फुटबलले फाइनलअघिको फाइनल भन्दै चाख लिएर हेरेको खेलमा लज्जास्पद हार बेहोरेपछि बार्सिलोना अहिले निकै पिडामा छ ।

सन् १९४० यता टोलीले पहिलो पटक एकै खेलमा ८ गोल बेहोरेको छ । थोमस मुलरको उत्कृष्ट प्रदर्शनले प्रेरित बायर्न म्युनिखसामु बार्सिलोना निरिह जस्तै देखियो । पहिलो हाफमा नै ४-१ ले पछाडी परेको बार्सिलोनाका लागि लुइस सुआरेजले दोस्रो हाफमा गोल गर्दै स्कोर ४-२ बनाएका थिए । तर च्याम्पियन्स लिगमा गोलको खडेरी तोडेका उरुग्वेली फरवार्ड सुआरेजको उक्त गोल सान्तवनामै सिमित भयो ।

बायर्न म्युनिखको आक्रामक रणनीतिलाई बार्सिलोनाको डिफेन्सले रोक्ने कुनै अवसर नै पाएन । डिफेन्सले एकमाथि अर्को गल्ति गरिरहँदा बायर्नले प्रत्यक गल्तिको फाइदा उठायो । खेलको तेस्रो मिनेटमा नै मुलरले अग्रता दिलाएका थिए । केहिबेरमै डेविड अलावाको आत्मघाती गोलमा खेल बराबर त भयो । तर बायर्नले रोकिने कुनै संकेत दिएको थिएन ।

इभान पेरिसिचले अग्रता पुन: स्थापना गरेको केहीबेरमै सर्ज जिनाब्रीले दोब्बर अगाडि बढाए । मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाए । सन् २०१५ सेप्टेम्बरयता बार्सिलोनाको लागि च्याम्पियन्स लिगमा अवे गोल गर्न नसकेका सुआरेजले खेलमा फर्कने संकेत त देखाए । तर बायर्नले आफ्नो प्रस्तुतिलाई निरन्तरता दिँदै बचेखुचेको झिनो सम्भावनामा पनि पूर्णविराम लगाइदियो ।

अल्फोन्सो डेभिसको उत्कृष्ट मुभमा जोशुआ किम्मिचले गोल गर्दै बायर्नलाई ५-१ ले अगाडि बढाए । यो अवस्था पुग्दा नै बार्सिलोनाले युरोपेली प्रतियोगितामा ५ गोल खाएको ४४ वर्ष बितिसकेको थियो । १९७६ को यूईएफए कपमा लेभ्सकी सोफियासँग ५-४ ले पराजित भएपछि बार्सिलोनाले यति कमजोर प्रदर्शन गरेको थिएन ।

बार्सिलोनाले कठिन समय समाप्त भएको सोच्न समेत सकेको थिएन की थप पिडा आउन बाँकी थियो । बार्सिलोनाबाट नै लोनमा बायर्न पुगेका फिलिपे कोउटिन्होले अन्तिम तीन गोलमा प्रत्यक्ष संलग्न हुँदै बिर्सनलायक क्षण बनाइदिए । रोबर्ट लेवान्डोस्कीको गोलमा असिस्ट दिएका उनले त्यसपछि ३ मिनेटको अन्तरमा दुई गोल गर्दै ८-२ को अविस्मरणीय जितसम्म बायर्नलाई डोर्याए ।

बार्सिलोनाले सन् १९४६ पछि पहिलो पटक एकै खेलमा ८ गोल खाएको कीर्तिमान बन्यो । यसअघि सन् १९४६ मा क्याटलान टोलीले सेभिल्लासँग कोपा डेल रेमा ८-० को हार बेहोरेको थियो । कोरोना भाइरस संक्रमणका कारण यसपटक क्वाटरफाइनल चरणदेखि एक लेगमा नै खेलको नतिजा निकालिएको हो । यससँगै बायर्न प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाका लागि यो हारले धेरै संकेत दिएको छ । क्लब सन् २००७-०८ पछि पहिलो पटक उपाधिविहिन बनेको छ । यस खेलले बार्सिलोनाको च्याम्पियन्स लिग भविष्य त प्रष्ट पार्यी नै, समग्र सिजनमा बार्सिलोना कुन स्तरमा खेल्यो भन्ने पनि झल्को दिएको छ ।

क्लब व्यवस्थापन र खेलाडीबीच पछिल्लो समय बढेको तिक्तता अब समाधानको विकल्प छैन । खेलाडी र प्रशिक्षककै विषयमा पनि क्लबले निर्णयहरु गर्नेछ । हाललाई भने बार्सिलोनाले यो पिडाबाट उत्रन केहि समय अवश्य लिनेछ । खेलाडी मात्र नभएर प्रशिक्षक, व्यवस्थापन र समर्थकलाई यस हार बिर्सन लामो समय लाग्नेछ ।

यो पनि पढ्नुहोस : बार्सिलोनाविरुद्ध बायर्नको ८ गोल!

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.