5 years ago
August 15, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार क्वाटरफाइनल चरणको खेलमा जर्मन क्लब बायर्न म्युनिखले क्याटलान क्लब बार्सिलोनालाई ८-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

खेलपछि मिक्स्ड जोनमा पत्रकारले जर्मन मिडफिल्डर लिओन गोरेट्जकालाई, ‘मेस्सी सम्भवत बाल्यकालमा आदर्श खेलाडी थिए होलान्, उनलाई यस्तो लज्जास्पद हार चखाउँदा केहि दुख लागेन?‘ भनेर प्रश्न गरेका थिए । उक्त प्रश्नमा गोरेट्जकाले यस्तो उत्तर दिए, ‘ छैन, दुख लागेको छैन, बरु रमाइलो लागिरहेको छ ।’
गोरेट्जकाले बार्सिलोनाविरुद्ध नतिजाले टोलीको मनोबल उच्च भएपनि अझै मुख्य खेलहरुमा ध्यान दिनुपर्ने बताए । ‘खेल सकिनेबितिक्कै यसबारे बोल्न केहि कठिन हुन्छ । हामीलाई यस खेलको नतिजा पूर्ण रुपमा बुझ्न केहि दिन लाग्नेछ,’ उनले भने, ‘हाम्रो मनोबल उच्च छ । अहिले हामीले अन्तिम तीन कदममध्य एक कदम अगाडि बढेका छौं । अझै महत्त्वपूर्ण पाटो बाँकी नै छ ।’
अर्का मिडफिल्डर थोमस मुलरले बार्सिलोनाविरुद्ध फराकिलो जित पाएपनि अर्काे खेल शून्यबाटै सुरु हुने बताएका छन् । ‘यो जित उत्कृष्ट छ । तपाईले यो कस्तो महसुस हुन्छ कल्पना गर्न सक्नुहुन्छ । यो खेल हाम्रो लागि विशेष बन्यो । तर, हामी यो खेलबाट रिकभर हुनुपर्दछ,’ मुलरले भने, ‘यो ठुलो कथन हो । तर, अर्काे खेल शून्यबाटै शुरु हुन्छ । यो फराकिलो जितले केही फरक पार्देन । मलाई थाहा छ । अन्य टोलीले पनि हाम्रा खेल हेरेका छन् । फाइनल पुग्न हामीलाई अर्काे खेल जित्नुपर्नेछ ।’

खेलमा म्यान अफ दि म्याच घोषित मुलरले खेलपछि ब्राजिलसँगको खेलभन्दा यो खेलमा पाएको जित विशेष रहेको बताएका हुन् । ‘२०१४ मा ब्राजिलविरुद्धको खेलमा जस्तो नियन्त्रण कहिल्यै थिएन । यस्तो कहिलेकाँही हुन्छ । तर, यसको कुरा नगरौ । आजको कुरा गरौं । यो एक विशेष रात थियो । नतिजा र हामीले खेल्ने तरिका विशेष थियो,’ ३० वर्षे मुलरले भने ।
‘सबभन्दा राम्रो कुरा के भने सब्सिच्युटबाट आएका खेलाडीले पनि उही स्तरमा खेल्दै सबैको मन जिते । महत्वपुर्ण कुरा भनेको मैदानमा हामी के गर्न चहान्छौं । त्यो पुर्ण भयो,’ उनले थपे ।
यो पनि पढ्नुहोस : कोउटिन्होले च्याम्पियन्स लिग जिते बार्सिलोनाले ७० करोड तिर्नुपर्ने
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]