5 years ago
August 15, 2020
एजेन्सी – बार्सिलोनाका कप्तान सुपरस्टार लियोन मेस्सीले च्याम्पियन्स लिग क्वार्टरफाइनलको लज्जास्पद हारपछि आफ्नो निराशा लुकाउन सकेनन् । लिस्बनमा शुक्रबार बार्सिलोनालाई बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले ८–२ ले हराएको थियो ।

कोभिड १९ कारण एक खेलमा मात्र भएको क्वार्टरफाइनलमा बार्सिलोनामाथि सानदार जित निकाल्दै बायर्न सेमिफाइनल पुगेको छ । बार्सिलोनाका हरेक सफलताका मुख्य आकर्षण रहँदै आएका मेस्सी बायर्नसँगको हारपछि सहयोगी विहिन देखिए । बायर्नविरुद्ध पनि मेस्सीले खेलको पहिलो हाफमा केहि अवसर सिर्जना गरेका थिए । तर अर्का फरवार्ड लुइस सुआरेजसँगै बार्सिलोनाको आक्रमण निरिह जस्तै देखियो ।
खेलमा बार्यनले एकपक्षिय दबाब सिर्जना गरेको थियो । कुनै कुनै बेला लाग्थ्यो बार्सिलोनाले खेल्न बिर्सिएको थियो । खेल पछिको ड्रेसिङ रुमा मेस्सी जुन अवस्थामा देखिए, त्यस तस्बिरले नै अवस्था बयान गरिरहेको थियो । उनीसँग भन्नका लागि केहि बाँकी रहेन ।

तस्बिरमा टोलीका गोलरक्षक मार्क आन्देर टेर स्टेगेनसँग दुरी कायम गरेर बसेका थिए । मेस्सी टोलाएर बेन्चमा बस्दा स्टेगन ढोकामा उभिएका थिए । सन् २००६/०७ यता पहिलो पटक मेस्सी उपाधि विहिन भएका छन् । यो हारको पिडा भुलाउन मेस्सी र उनको टोलीलाई केहि समय पक्कै लाग्नेछ । अझ पछिल्लो खेलको हारले असफलताको पिडालाई थप बल्झाएको छ ।
व्यक्तिगत रुपमा मेस्सीका लागि सिजन खराब भने रहेन । ला लिगामा सर्वाधिक गोलकर्ता बनेका मेस्सीले यस सिजन केहि कीर्तिमान पनि आफ्नो नाम गरे । तर टोलीका अन्य सदस्यले अपेक्षित प्रदर्शन गर्न नसक्दा बार्सिलोना उपाधिविहिन बन्यो । सिजनको सुरुवातमा एर्नेस्टो भालभेर्डे र त्यसपछि किके सेटिन दुवैसँग मेस्सीको राम्रो सम्बन्ध रहन सकेन ।
मेस्सीको भविष्य बार्सिलोनामा अनिश्चित रहेको चर्चा चलिरहँदा यस्तो प्रदर्शनले उनलाई थप सोच्न बाध्य बनाएको छ । उमेर ढल्कँदै गएका मेस्सी आफ्नो खेलाडी जीवन सफलतापूर्वक अन्त्य गर्न पक्कै चाहन्छन् । तर अब उनको यात्रा बार्सिलोनामै निरन्तर रहन्छ वा अन्यत्र हुन्छ, यसमा ठूलो प्रश्नचिन्ह खडा भएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]