default_image

5 years ago

August 15, 2020

लियोनविरुद्ध सजग म्यानचेस्टर सिटी

165 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम क्वाटरफाइनलमा शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछन् । खेल लिस्बनमा रातको १२:४५ बजे सुरु हुनेछ ।

सिटीले अघिल्लो चरणमा रियल म्याड्रिडलाई ४-२ ले पराजित गर्दा अन्तिम ८ मा स्थान पक्का गरेको थियो । लियोनले भने उपाधिको बलियो दाबेदार मानिएको युभेन्टसलाई अवे गोलको आधारमा पछि पार्दै क्वाटरफाइनलमा स्थान बनायो । यस खेलको विजेताले फाइनल प्रवेशका निम्ति बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले शुक्रबार बार्सिलोनामाथि ८-२ को सानदार जित दर्ता गरेको थियो ।

म्यानचेस्टर सिटीका लागि स्टार फरवार्ड सर्जियो अगुएरो चोटका कारण उपलब्ध हुने छैनन् । उनले शल्यक्रिया गरेर सामान्य प्रशिक्षणमा फर्किएपनि पूर्ण रुपमा फिट भएका छैनन् । डिफेन्डर बेन्जामिन मेन्डी पछिल्लो खेलमा प्रतिबन्धित थिए र उनले आजको खेलमा सुरुवाती रोजाईमा खेल्ने अनुमान गरिएको छ ।

लियोनलाई भने चोटका कारण निकै समस्या परेको छ । युभेन्टसविरुद्ध खेलमा चोटका कारण परिवर्तन भएका डिफेन्डर जेसन डीनाएर खेल्नेमा शंका छ । डीनाएर सन् २०१८ मा म्यानचेस्टर सिटी छोडेर लियोन आएका थिए । उनीसँगै म्याक्स्वेल कर्नेट र केन्नी टेटे पनि चोटका कारण बाहिर बस्ने सम्भावना छ । युसुफ कोने भने उपलब्ध नहुने पक्का भइसकेको छ ।

सिटी प्रिमियर लिग उपाधि रक्षा गर्नबाट बन्चित भएपछि च्याम्पियन्स लिगलाई नै मुख्य लक्ष्य बनाएर अगाडि बढिरहेको छ । रियल म्याड्रिडलाई हराएपछि उच्च मनोबल रहेको सिटी लियोनलाई हल्का लिने पक्षमा भने छैन । रुडी गार्सियाको टोलीले युभेन्टसविरुद्ध दोस्रो लेगमा पराजित भएपनि रक्षात्मक रुपमा राम्रो प्रदर्शन गरेको थियो ।

लियोनले टोलीले च्याम्पियन्स लिगको पछिल्लो १५ खेलमा ३ खेल मात्र जितेको छ । यद्यपि लियोनले पछिल्लो १६ खेलमध्य २ खेलमा मात्र गोल गर्न चुकेको छ । सिटी भने कोरोना संक्रमणपछि झनै राम्रो लयमा देखिएको छ । टोलीले औसतमा प्रतिखेल झन्डै ३ गोल गरेको छ ।

सिटीको आक्रमण ग्याब्रीएल जेससले सम्हाल्नेछन् । रियलविरुद्ध जितमा उनकै गोलले सिटी ढुक्क हुने अवस्था बनेको थियो । उनलाई मिडफिल्डर केभिन डे ब्रुएनसँगै रहिम स्टर्लिङले साथ दिनेछन् । यता लियोनको आक्रमणको जिम्मेवारी कप्तान मेम्फिस डिपाएमा हुनेछ । युभेन्टसविरुद्ध पेनाल्टीमा गोल गरेका उनले च्याम्पियन्स लिगमा ६ गोल गरिसकेका छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.