default_image

5 years ago

August 16, 2020

बार्सिलोनाले अर्को साता निर्णय लिने अध्यक्षको संकेत

150 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टमेउले क्लबमा परिवर्तनको संकेत गरेका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा शुक्रबार बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेसँगै बार्सिलोनाको अध्यक्षले यस्तो संकेत गरेका हुन् ।

किके स्टेनलाई नयाँ प्रशिक्षकका रुप क्लबमा आबद्ध गराएसँगै अध्यक्ष बोर्टमेउको चर्को आलोचना भएको थियो । बायर्न विरुद्ध टोलीको हारमा उनले निराशा व्यक्त गरे । टोलीमा अब आमुल परिवर्तनको विकल्प नरहेको पनि उनले बताएका छन् ।

‘यो साच्चै ठूलो हार हो । म बायर्नलाई बधाई दिन्छु । उनीहरुले निकै राम्रो खेले । उनीहरु सेमिफाइनल पुग्नका लागि हकदार थिए,’ अध्यक्ष बोर्टमेउले भने, ‘हामीले कत्ति पनि राम्रो गर्न सकेनौं । त्यसको नजिक पुनि पुग्न सकेनौं ।’

अध्यक्ष बोर्टमेउले बायर्नसँगको हार टोलीका लागि ठूलो आपतको रुपमा रहेको उल्लेख गर्दै अब निर्णय लिने समय आएको बताए । ‘हामीले केहि निर्णय लिइसकेका छौं । तर आज सार्वजनिक गर्ने दिन होइन,’ उनले थपे,’ हामी बार्सिलोनाका समर्थक, सदस्य सबैसँग क्षमा चाहन्छौं । आउने दिनमा पक्कै केहि परिवर्तन सुन्नुहुन्छ ।’

कस्ता निर्णय लिइसकिएको भन्ने विषयमा भने उनले प्रष्ट पार्न चाहनेन् । ‘म निर्णयका बारेमा केहि बताउन गइरहेको छैन । केहि निर्णय प्रक्रिया सकिएको छैन’, उनले सुनाए, ‘ठूलो निर्णय लिइनेछन् । भोलीको दिन अब लिइने कदमले संकेत गर्छ । हामी अर्को साता निर्णय लिनेछौ जसले बार्सिलोनाका समर्थकहरुको मनोबल उच्च हुन मद्दत गर्नेछ ।’

पछिल्लो समय क्लबको ट्रान्सफर बजारको रणनीति, प्रशिक्षक चयन तथा खेलाडीसँग सम्बन्धका कारण नेतृत्वले आलोचना खेपिरहेको छ । कप्तान मेस्सीकै सम्झौताबारे पनि क्लबले निर्णय लिन सकिरहेको छैन ‌। अर्को वर्ष हुने चुनावमा पुन: अध्यक्ष बन्ने ल्याउने राखेका बार्टोमेउलाई भने उपाधिविहिन सिजनले निकै असर परेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.