default_image

5 years ago

August 16, 2020

म्यानचेस्टर सिटीलाई हराउँदै लियोन सेमिफाइनलमा

172 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि जित हासिल गर्दै फ्रान्सेली क्लब लियोनले यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । शनिबार लिस्बनमा भएको खेलमा लियोन ३-१ ले विजयी रहयो ।

लियोनको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड मौसा डेम्बेलेले २ र म्याक्स्वेल कर्नेटले एक गोल गरे । सिटीका लागि केभिन डे ब्रुएनले दोस्रो हाफमा बराबरी गोल गरेपनि त्यसपछि गोलरक्षक एडरसनले खराब प्रदर्शन गर्दा सिटीले हारको सामना गर्नुपर्यो ।

खेलको २६ औं  मिनेटमा लियोनले अग्रता लिएको थियो । म्याक्सवेल कर्नेटले पेनाल्टी क्षेत्र बाहिरबाट गोलरक्षक एडरसन पोजिसनमा नभएको मौकामा गरेको प्रहार गोल भएको थियो । एरिक गार्सियाले तोको एकाम्बीबाट बल खोसेपछि आएको बललाई कर्नेटले पहिलो टचमा नै गोल गरेका थिए ‌।

गोल खाएलगत्तै म्यानचेस्टर सिटीका केभिन डे ब्रुएनको फ्रिकिकलाई गोलरक्षक मिगुएल लोपेसले विफल पारे । सिटीले त्यसपछि लगातार आक्रम बुनेपनि गोलरक्षक लोपेस लगातार बाधक बनिरहे । जोआओ क्यान्सेलोले पेनाल्टी क्षेत्रभित्र भिडभाड भएको अवस्थामा प्रहार गरेपनि लोपेसले अगाडी बढ्दै उक्त प्रहारलाई विफल पारे ।

पहिलो हाफको २ मिनेट बाँकी रहँदा रहिम स्टर्लिङले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाले । उनले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहारमा लोपेस बाधक बने । पहिलो हाफमा सिटीले आक्रमण बुन्ने प्रयास गर्दै बल पोसेसनमा पकड बनाएपनि खेल बराबर गर्न भने सकेन ।

दोस्रो हाफमा पनि पहिलो हाफकै प्रदर्शनलाई निर्नातारता दिएको सिटीले बराबरी गोल फर्काउन ७० औं मिनेटसम्म कुर्नुपर्यो । पेनाल्टी क्षेत्रभित्र स्टर्लिङले दिएको कटब्याकमा डे ब्रुएनले पहिलो टचमा नै उत्कृष्ट फिनिस गर्दै खेल बराबरीमा ल्याए । अग्रता लिएको दुई मिनेटपछि नै ग्याब्रिएल जेससको प्रहारलाई लोपेसले विफल पार्दै खेल बराबरीमा नै कायम राखे ।

७७ औं मिनेटमा सिटीले अग्रता लिने सुवर्ण अवसर गुमायो । स्टर्लिङले पेनाल्टी क्षेत्रभित्र नै चिप पास निकाल्दै अनमार्क रहेका जेससलाई भेटेपनि ब्राजिलियन फरवार्डको प्रहार निकै फितलो रहयो । ७९ औं मिनेटमा लियोनका मौसा डेम्बेलेले गोल गर्दै पुन अग्रता दिलाए ।

मैदान प्रवेश गरेको ४ मिनेट नबित्दै डेम्बेलेले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे । हौसेम औआरको लामो पासमा सिटीको डिफेन्स झुक्किएपछि एक्लै अघि बढेका डेम्बेलेको प्रहार गोलरक्षक एडरसनले बचाउने प्रयास गरेपनि उनलाई लाग्दै गोलमा परिणत भएको थियो ।

८६ औं मिनेटमा सिटीले खेल बराबरी गर्ने अवसर चुकायो । स्टर्लिङले पोस्टमा गोलरक्षक नभएको अवस्थामा बललाई गोलको दिशा दिन नसक्दा सिटीले खेल बराबर गर्न सकेन । लगत्तै अर्कोतर्फ लियोनले खेलमा अग्रता दोब्बर पार्यो । गोलरक्षक एडरसनले सहज बचाउ गर्नुपर्ने बल फुत्काएपछि वैकल्पिक खेलाडी डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै ३-१ को अग्रता दिलाए ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा लोपेसले अर्को उत्कृष्ट बचाउ गर्दै खेलमा लियोनको अग्रता कायम राखे । लगत्तै काइल वाल्करको हेडरले पोस्टको दिशा लिन सकेन ।

लियोनले अब सेमिफाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ । अर्को सेमिफाइनलमा पीएसजी र आरबी लाइप्जिगले खेल्नेछन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.