default_image

5 years ago

August 16, 2020

च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पुरा

192 views

0 Bookmark

एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । शनिबार राति भएको खेलमा फ्रेन्च क्लब सेमिफाइनलमा पुगेसँगै अन्तिम चारको समिकरण पुरा भएको हो ।

यसअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), जर्मन क्लब आरबी लाइप्जिग र बायर्न म्युनिखले सेमिफाइनलमा स्थान बनाएका थिए । जर्मन क्लब बायर्न म्युनिखबाहेक अन्य तीन टोलीले अहिलेसम्म च्याम्पियन्स लिग जितेका छैनन् ।

यस संस्करणमा दुई फ्रेन्च क्लब र दुई जर्मन क्लब सेमिफाइनलमा पुग्न सफल भएको छ । अब सेमिफाइनलमा आरबी लाइप्जिग र पीएसजी तथा लियोन र बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुनेछ ।
यसपटक एकै देशका दुई टोलीबीच फाइनलमा भिडन्त हुने सम्भावना समेत रहेको छ । दुई फरक देशका क्लबबीचको पनि सम्भावना छ ।

लाइप्जिगले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई २–१ ले तथा पीएसजीले इटालियन क्लब एटलान्टालाई २–१ ले नै हराएर अन्तिम चारमा स्थान बनाएको थियो । यस्तै अर्काे क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखले क्याटलान क्लब बार्सिलोनामाथि ८–२ को शानदार जित निकाल्दा फ्रेन्च क्लब लियोनले उपाधिको दावेदारको रुपमा रहेको इंग्लिस क्लब म्यानेचस्टर सिटीमाथि ३–१ को जित निकाल्दै बायर्नसँगको भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनल मंगलबार र दोस्रो सेमिफाइनल बुधबार हुनेछ । यसपटक कोरोना महामारीका कारण क्वाटरफाइनल सिंगल लेगको आधारमा सञ्चालन गरिएको थियो । सेमिफाइनल पनि एक लेगकै अवधारणामा हुनेछ ।

सबै खेलहरु मिनि टुर्नामेन्टको रुपमा पोर्चुगलको लिस्वनमा भइरहेको छ । फाइनल २३ अगस्टको राति हुनेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.