5 years ago
August 16, 2020
एजेन्सी – युरोपियन फुटबलको पावरहाउस मानिने स्पेनिस, इंग्लिस र इटालियन लिगका क्लबबिना ३० वर्षपछि यूईएफए च्याम्पियनस लिगको सेमिफाइनलमा समिकरण तयार भएको छ ।

शनिबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब लियोनसँग क्वाटरफाइनलमा ३–१ ले पराजित भएसँगै ३० वर्षपछि स्पेन, इंग्ल्यान्ड र इटालियन क्लब सेमिफाइनल पुग्नबाट बन्चित भएका हुन् । त्यसअघि क्वाटरफाइनलमाा क्याटलान क्लब बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ ले परासिजत भएको थियो ।
यसपटक जर्मनीका दुई र फ्रान्सका दुई क्लबले अन्तिम चारमा स्थान पक्का गरेका छन् । जर्मनीका आरबी लाइप्जिग र बायर्न म्युनिख तथा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोन सेमिफाइनलमा प्रवेश गरेका छन् । अब दुवै राष्ट्रका टोलीले सेमिफाइनलमा एक अर्कासँग खेल्नेछन् ।
सेमिफाइनलमा लाइप्जिग र पीएसजी तथा लियोन र बायर्न म्युनिख भिड्ने भएकाले यसपटक फाइनलमा एकै राष्ट्रका दुई टोली हुने सम्भावना पनि छ । त्यस्तै सेमिफाइनलमा पुगेका टिममध्ये बायर्न म्युनिखबाहेक अन्य तीन टिमले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जितेका छैनन् । बायर्नले अहिलेसम्म पाँचपटक च्याम्पियन्स लिग जितेको छ । बायर्नले पछिल्लोपटक २०१३ मा उपाधि जितेको थियो ।
सन् १९९०–९१ सिजनमा सर्वियन क्लब रेड स्टार बेलग्रेड, जर्मन क्लब बायर्न म्युनिख, फ्रान्सेली क्लब मार्से र रसियन क्लब स्पार्टक मस्कोले अन्तिम चारमा स्थान बनाएको थिए । त्यसबेला रेडस्टार बेलग्रेडले मार्सेलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगिताको सेमिफाइनल खेल मंगलबार र बुधबार हुनेछ । यसपटक कोरोना महामारीका कारण क्वाटरफाइनल सिंगल लेगको आधारमा सञ्चालन गरिएको थियो । सेमिफाइनल पनि एक लेगकै अवधारणामा हुनेछ । खेलहरु मिनि टुर्नामेन्टको रुपमा पोर्चुगलको लिस्वनमा भइरहेको छ । फाइनल २३ अगस्टको राति हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]