default_image

5 years ago

August 16, 2020

फाइनल पुग्न सेभिल्ला र म्यानचेस्टर युनाइटेड भिड्दै

186 views

0 Bookmark

एजेन्सी – यूईएफए युरोपा लिगको पहिलो सेमिफाइनलमा उपाधिका दुई दाबेदार स्पेनिस क्लब सेभिल्ला र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल जर्मनीमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।

फाइनल प्रवेशका निम्ति दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । युनाइटेडसँग अपराजित रहेको सेभिल्ला सोही लयलाई निरन्तरता दिँदै फाइनल पुग्ने दाँउमा हुनेछ । सेभिल्लो प्रिमियर लिग क्लब वल्भ्सलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

सेभिल्लाका लागि लुकास ओकाम्पस नै मुख्य हतियार हुनेछन् । उनले नै वल्भ्सविरुद्धको खेलमा निर्णायक गोल गरेका थिए । युसेफ इन न्यासरी, इभर बनेगा, लुक डि जोङ, मुनिर इल हाडाडी, सर्जियो रिगुइलन, डिएगो कार्लाेस, जेसस नाभास र गोलरक्षक यासनि बोउनोउ हुनेछन् ।

यता, पछिल्लो समय लगतार उच्च प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेड सेभिल्लालाई पराजित गर्दै फाइनल पुग्ने दाउमा हुनेछ । एफए कपको सेमिफाइनलमा चेल्सीसँग ३–१ ले पराजित भएयता, युनाइटेड पछिल्लो चार खेलमा अपराजित छ ।

युनाइटेडले डेनिस क्लब एफसी कोपनहेगनलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । युनाइटेडका लागि पोर्चुगिज ब्रुनो फर्नान्डेज नै टोलीका लागि मुख्य खेलाडी हुनेछन्। एन्थोनी मार्सियल, मार्कस रासफोर्ड, मेसन ग्रीनवुड, पल पोग्वा, ह्यारी मगाएर, आरोन वान विशाकाजस्ता स्तरीय खेलाडीको युनाइटेडलाई साथ छ ।

यि दुई टोली हालसम्म तीनपटक आमने–सामने भएका छन् । जसमा दुई खेल सेभिल्लाले आफ्नो पक्षम पार्दा एक खेल गोलरहित बराबरीमा टुंगिएको छ । युनाइटेड सेभिल्लामाथि पहिलोपटक जित निकाल्न चाहन्छ भने सेभिल्ला युनाइटेडसँगको अपराजित यात्रालाई निरन्तरता दिने दाउमा हुनेछ ।

पछिल्लोपटक यि दुई टोली २०१८ को मार्चमा च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा खेलेका थिए । पहिलो लेग गोलरहित बराबरीमा सकिएपनि दोस्रो लेगमा सेभिल्लाले २–१ को जित निकालेको थियो । उक्त खेलमा गोल गरेका दुवै खेलाडी टोलीमा छैनन् । उक्त खेलमा युनाइटेडका लागि गोल गरेका रोमेलु लुकाकु इटालियन क्लब इन्टर मिलानमा तथा सेभिल्लाका लागि दुवै गोल गरेका विसाम विन यडर फ्रेन्च क्लब मोनाको पुगेका छन् ।

यि दुई बीचको विजेताले उपाधिका लागि इन्टर मिलान र साख्तर डोनेस्कबीचकबो विजेतासँग खेल्नेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.