default_image

5 years ago

August 16, 2020

‘मेस्सीका लागि म्यानचेस्टर सहि गन्तव्य!’

243 views

0 Bookmark

एजेन्सी – पछिल्लो केहि वर्षयता बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले क्लब छाड्ने चर्चा चल्ने गरेको छ । अझ टोलीले उच्च प्रदर्शन गर्न नसक्दा उनको सरुवाको चर्चा झनै बढी चुलिने गरेको छ । अहिले फेरि मेस्सीले बार्सिलोना छाड्न सक्ने अनुमान हुन थालेका छन् ।

लिभरपुल लेजेन्ड ग्राएम सुनेसले मेस्सी सनसनीपूर्ण रुपमा म्यानचेस्टर युनाइटेड जान सक्ने विश्वास व्यक्त गरेका छन् । उनले त अझ यहि साता सम्झौता हुन सके त्यो ठिक हुने विचार समेत व्यक्त गरेका छन् ।

मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले शुक्रबार च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि क्याटलान क्लबमा उनको भविष्यका बारेमा चर्चा फेरि सुरु भएको छ । युरोपियन फुटबलमा प्रतिस्पर्धात्मक बन्नका लागि टोलीमा तलैबाट पूर्ननिर्माण गर्नुपर्नेमा बार्यनसँगको हारपछि जेरार्ड पिकेले बताएका थिए । त्यसअर्थ क्लबका प्रशिक्षक किके सेटिन बर्खास्त हुने सम्भावना बलियो रहेको छ ।

मेस्सीले अहिलेसम्म आफ्नो व्यवसायिक खेल जीवन बार्सिलोनामा मात्र बिताएका छन् । क्लबसँगको उनको सम्झौता अब एक वर्ष बाँकी रहेको छ । त्यसअर्थ पनि उनले अर्को क्लबको बाटो रोजे आश्चर्य नहुने बताइएको छ । लिभरपुलका महान खेलाडी सुनेसले दुवै म्यानचेस्टर टोली अर्जेन्टिनी कप्तानका लागि उत्कृष्ट हुन सक्ने बताएका छन् ।

‘मेस्सी त्यस्ता खेलाडी हुन्, जसले टोलीको जिम्मेवारी एक्लै बोक्ने क्षमता राख्नछन् । उनको विना टोलीसँग च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गर्ने क्षमता हुने छैन , ‘उनले लेखका छन्, ‘अर्को क्लब जानका लागि मेस्सीका लागि यो सहि साता हो । मेरो नजरमा उनी म्याचेस्टर युनाइटेड वा सिटीबाट खेल्न सक्षम छन् ।’

दुई म्यानचेस्टर टोलीमध्य सिटी मेस्सीलाई भित्राउनेमा झनै बढी इच्छुक देखिन्छ । कारण सिटीका प्रशिक्षक ग्वार्डिओला र मेसीले केहि वर्ष सहकार्य गर्ने क्रममा नोउ क्याम्पमा सँगै इतिहास रचेका छन् । सिटीले पछिल्लो समय च्याम्पियन्स लिगमा क्वाटरफाइनल चरण पार गर्न नसक्दा मेस्सीको अनुभव टोलीलाई काम लाग्न सक्छ ।

छ पटकका बालोन डी ओर विजेता मेस्सीलाई भित्राउन सिटी जत्ति पनि खर्च गर्ने मनस्थितिमा रहेको पनि बताइएको छ । यद्दपी यो सिजन उनको अघिल्ला वर्षहरु जस्तो उत्कृष्ट रहन सकेन । त्यसका वावजुद पनि मेस्सीलाई लिन सके त्यो सनसनीपूर्ण सरुवा हुनेछ ।

इन्टर मिलानले पनि मेस्सीलाई लिनेमा गहिरो चासो राखेको छ । तर, आर्थिक कारणले दुई म्यानचेस्टरको अगाडि इन्टरले प्रतिस्पर्धा गर्न कठिन देखिन्छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.