5 years ago
August 17, 2020
एजेन्सी – यो सिजनको ‘गोल्डेन ब्वाइ’ अवार्ड मनोनयन अन्तर्गत स्पेनिस महारथी रियल म्याड्रिडका चार युवा खेलाडीले अन्तिम ६० को सुचीमा स्थान बनाएका छन् ।

आइतबार १ सय खेलाडीबाट ६० जनाको मनोनयन सार्वजनिक गर्दा रियलका चार युवा खेलाडी मनोनयनमा पर्न सफल भएका हुन् । रियलका भिनिसियस जुनियर, रोड्रिगो, ताकेफुसा कुवो र रेनिएर मनोनयनमा पर्न सफल भएका हुन् ।
अघिल्लो सिजन मालोर्काबाट लोनमा खेलेका कुवो नयाँ सिजनको लागि लोनमा भिल्लारियल पुगेका छन् । रेनिएर आउँदो सिजन लोनमा अन्यत्र क्लब जाने तयारीमा छन् । रियलसँगै क्याटलान क्लब बार्सिलोनाका अन्सु फाती र पेड्री तथा एट्लेटिको म्याड्रिडका निहुवेन पेरेज पनि मनोनयनमा परेका छन् ।
भिनिसियस र रोड्रिगो अघिल्लो वर्षपनि अन्तिम तीनसम्म पुगेका थिए । भोटिङको आधारमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका पोर्चुगिज फरवार्ड जोआओ फेलिक्सले भिनिसियस र रोड्रिगोलाई पछि पार्दै अवार्ड हात पारेका थिए ।
जर्मन क्लब बोरुसिया डर्टमुन्डका एर्लिङ ब्राउट हालान्ड र बायर्न म्युनिखका अलफोन्सो डाभिस पनि यसपटक मनोनयनमा परेका छन् । हालान्डलाई मुख्य दावेदारको रुपमा हेरिएको छ ।
टुट्टो स्पोर्ट्सले हरेक वर्ष युवा खेलाडीलाई लक्षित गर्दै यो अवार्डको आयोजना गर्ने गर्दछ । टुट्टोले गत जुनमा १०० जनालाई मनोनयन गरेको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]