default_image

5 years ago

August 16, 2020

डे ब्रुएन प्रिमियर लिगको उत्कृष्ट खेलाडी घोषित

190 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएन इंग्लिस प्रिमियर लिगको सिजन २०१९-२० को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

डे ब्रुएनले लिभरपुलक साडियो माने, जोर्डन हेन्डरसन र ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डलाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधिको दाबेदारीमा बर्नालीका गोलरक्षक निक पोप, साउथह्याम्पटन फरवार्ड ड्यानी इन्ग्स र गोल्डेन बुट विजेता लेस्टर सिटीका जेमी भार्डी समेत रहेका थिए । सिटीले लिग उपाधि रक्षा गर्न नसकेपनि उपविजेता बन्दा डे ब्रुएनको प्रदर्शन उत्कृष्ट रहेको थियो ।

डे ब्रुएनले प्रिमियर लिग इतिहासकै कीर्तिमान बराबरी गर्ने क्रममा यस सिजन २० असिस्ट प्रदान गरेका थिए । यसअघि सन् २००३ मा आर्सनलका थिएरी हेनरीले यो उपलब्धि हासिल गरेका थिए । डे ब्रुएनले सिटीका लागि १३ गोल समेत गरेका थिए । सिटीले सिजनभर १ सय गोलको आँकडा पार गर्दा डे ब्रुएन आफैं ३३ गोलमा प्रत्यक्ष संलग्न थिए ।

यसअघि लिग च्याम्पियन लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप सिजनको उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । लिभरपुलकै डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड भने लिगको उत्कृष्ट युवा खेलाडी घोषित भए । लिभरपुलले उपाधि जित्ने क्रममा ३८ खेल खेल्दै ९९ अंक जोडेको थियो । एक समय लिग अवधिभर नै अपराजित रहने संकेत दिएको लिभरपुलले वाटफर्डसँग हार बेहोरेपछि केहि लय गुमाएको थियो ।

टोटेनहम हट्सपरका फरवार्ड ह्युङ मिन सनले भने सिजनको उत्कृष्ट गोलको उपाधि जिते । उनले बर्नालीविरुद्ध गरेको गोल उत्कृष्ट गोलको रुपमा छनोट भएको थियो । सनले आफ्नै हाफबाट एक्लै कुदाएर ५ डिफेन्डरलाई बिट गर्दै गरेको गोल उत्कृष्ट घोषित भएको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.