default_image

5 years ago

August 17, 2020

बार्सिलोनाले मेस्सीसहित ५ खेलाडी विक्री नगर्ने

235 views

0 Bookmark

एजेन्सी – बार्सिलोना सुपर स्टार लियोन मेस्सीमाथि सधै नरम रहँदै आएको छ । मेस्सीसहित ५ खेलाडीलाई मात्र बार्सिलोनाले आउने सिजनका लागि विक्री नगर्ने सुचीमा राखेका छ ।

च्याम्पियन्स लिग क्वार्टरफाइनलमा शुक्रबार बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारेपछि बार्सिलोनाले टोलीमा ठूलो परिवर्तनको संकेत गरेको छ । खेलपछि टोलीका रक्षक जेरार्ड पिकेले टोलीमा व्यापक परिवर्तनको आवश्यकता औल्याएका थिए ।

एक स्पेनिस पत्रिकाका अनुसार मेस्सीसहित गोलकिपर मार्क आन्दर टेर‌ स्टेगन, डच मिडफिल्डर फ्रेन्की डी जोङ, अन्सु फाती र रिक्वी पुज अर्को सिजन बार्सिलोनाले क्लबमै राख्न चाहेको छ । पछिल्लो खबर अनुसार लुइस स्वारेज क्लबले बेच्न चाहेको ठूलो नाम हो । ला लिगाको उपविजेता टोलीले लेफट ब्याक जोर्डी अल्बालाई पनि बेच्न चाहेको छ ।

३३ वर्षे उरुग्वेली फरवार्डको क्लबसँगको सम्झौता अझै एक सिजन बाँकी रहेको छ । आउने सिजन ६० प्रतिशत खेलेको खण्डमा अर्को एक वर्ष बार्सिलोनाले उनीसँग एक वर्ष सम्झौता गर्नुपर्ने हुन्छ । त्यहाँ सम्म पुग्न सायद अब टोली नै चाहदैन ।

स्वारेजलाई विक्री गरेको खण्डमा उनको ठाँउमा इन्टर मिलानका स्टार लाउटारो मार्टिनेजलाई भित्राउन क्लबले प्रयास गर्नेछ । यसैबीच, अल्बाको प्रदर्शन पनि माथिल्लो स्तरको रहन सकेको छैन । यद्दपी क्लब र उनीबीचको सम्झौत सन् २०२४ सम्म रहेको छ । उनको रिलिज क्लज ५ सय मिलियन युरो रहेको छ । यदि उनलाई बेच्न परेको खण्डमा क्लबले विकल्पमा छलफल गर्नेछ ।

फ्रान्सेली अन्तर्राष्ट्रिय सामुइल उम्टिटी र ओसमाने डेम्बेलेलाई पनि क्लबले बेच्न चाहिर रहेको छ । उम्टिटीको खराब व्यवहार र डेम्बेलेको लगातारको चोटका कारण क्लब उनीहरुलाई विक्री गर्न चाहिरहेको बताइन्छ ।

इभान राकिटिकलाई पनि क्लबले बेच्ने मनस्थिति बनाएको छ । उनकै पूर्व टोली सेभिल्लाले उनलाई लिन चाहिरहेको छ । एन्टोनियो ग्रिजमनले पनि सोचे अनुरुपको प्रदर्शन दिन सकेका छैनन् । जसका कारण क्लब उनलाई पनि विक्री गर्ने विषयमा सोच्ने अवस्थामा पुग्न सक्छ ।
खेलाडीमा मात्र होइन बार्सिलोनाले प्रशिक्षक पनि परिवर्तन गर्ने सम्भावना छ । किके सेटिनको आगमनबाट क्लब च्याम्पियन्स लिग र ला लिगामा राम्रो गर्न सकेन ।

टोटेनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो बार्सिलोनाका सम्भावित प्रशिक्षकका रुपमा हेरिएको छ । तर क्लबको चीन प्रतिद्वन्द्वी इस्पान्योलमा जाने चर्चा पछि सिनियर खेलाडी र बोर्ड सदस्य उनको विपक्षमा देखिएका छन् ।

अर्कोतर्फ चाँडै क्लबले कुनै कदम नचालेको खण्डमा मेस्सी आफैले पनि क्लब छाड्ने सम्भावना रहेको छ । पिकेले पनि यदि क्लबले चाहन्छ भने आफु छाड्नका लागि तयार रहेको समेत बताएका थिए ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.