default_image

5 years ago

August 17, 2020

म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिल्ला फाइनलमा

142 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा पुगेको छ । आइतबार लिस्बनमा भएको सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २-१ को जित दर्ता गर्दै सेभिल्लाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

खेलको नवौं मिनेटमा नै म्यानचेस्टर युनाइटेडले ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको थियो । डिएगो कार्लोसले पेनाल्टी क्षेत्रभित्र मार्कस रासफर्डलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । फर्नान्डेसले जनवरीमा युनाइटेड आएयताको १४ औं पेनाल्टी गोल गर्दै युनाइटेडलाई फाइनलतर्फ बढाएका थिए ।

२६ औं मिनेटमा सुसोले गोल गर्दै खेल बराबरीमा ल्याए । रियल म्याड्रिडबाट लोनमा सेभिल्ला आएका डिफेन्डर सर्जियो रेगुइलोनको क्रसमा सुसोले गरेको प्रहारलाई गोलरक्षक डेविड डे हेयाले बचाउने कुनै अवसर नै पाएनन् । ३४ औं मिनेटमा मेसन ग्रीनवुड र पल पोग्बा मिलेर बनाएको मुभको अन्त्यमा एन्थोनी मार्सियलको प्रहार पोस्टभन्दा माथिबाट गयो ।

३९ औं मिनेटमा रासफर्डको प्रहारलाई गोलरक्षक यासिन्न बौनोउले विफल पारे । इन्ज्युरी समयको पहिलो मिनेटमा रासफर्डले फितलो प्रहार गर्दा युनाइटेड पुन: अग्रता लिनबाट चुक्यो । त्यसको एक मिनेट नबित्दै फर्नान्डेसको भली प्रहारमा गोलरक्षक बौनोउ बाधक बने ।

दोस्रो हाफको दोस्रो मिनेटमा नै ग्रीनवुडले लामो पासलाई नियन्त्रणमा लिँदै गरेको प्रहारलाई गोलरक्षक बौनोउले बचाए । ५४ औं मिनेटमा मार्सियलले पोग्बासँग वन-टु पास खेल्दै बनाएको मुभमा मार्सियलको अन्तिम प्रहार गोलरक्षकको हातमा पुग्यो ।

खेलको ७८ औं मिनेटमा सेभिल्लाले वैकल्पिक खेलाडी लुक डे जोङको गोलमा अग्रता लियो । कप्तान जेसस नाभासले दायाँ भागबाट गरेको क्रसलाई डिफेन्डर भिक्टर लिन्डेलफले हेडर नगरी छाडेपछि अनमार्क रहेका डे जोङले सहजै उक्त बललाई पोस्टको दिशा दिए । गोलरक्षक डे हेया र लिन्डेलफबीच तालमेल नमिल्दा सेभिल्लाले अग्रता लिने अवसर पाएको थियो ।

यस जितसँगै सेभिल्लाले युरोपा लिगको उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । अब सोमबार हुने दोस्रो सेमिफाइनलमा इन्टर मिलान र शाख्तर डोनेस्क भिड्नेछन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.