5 years ago
August 17, 2020
एजेन्सी – युइएफए युरोपा लिगको दोस्रो सेमिफाइनलमा आज राति इटालियन क्लब इन्टर मिलान र युक्रेनी क्लब साख्तर डोनेक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल जर्मनीमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरु हुनेछ । दुई टोली पहिलोपटक आमने सामने हुन लागेका हुन् । दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् । विजेताले फाइनलमा स्पेनिस क्लब सेभिल्लाको सामना गर्नेछ । सेभिल्लाले आइतबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।
पछिल्लो समय लयमा रहेको इन्टर मिलान साख्तरलाई हराउदै फाइनल पुग्ने दाउमा हुनेछ । इन्टरका लागि रोमेलु लुकाकु नै टोलीको मुख्य हतियार हुनेछन् । लाउटारो मार्टिनेज, एलेक्सिस सान्चेज, डिएगो गोडिन, एस्ले योङ र ड्यानिलो डि एम्ब्रुसोजस्ता खेलाडीको पनि इन्टरलाई साथ छ ।
इन्टर पछिल्लो १० खेलमा अपराजित छ । इन्टर पछिल्लोपटक ५ जुनमा बोलोग्नासँग २–१ ले पराजित भएको थियो ।

यता, युक्रेनी साख्तर पनि इन्टरलाई स्तब्ध पार्दै उपाधिनजिक पुग्न चहान्छ । स्वीस क्लब एफसी बसेलको चुनौती सहजै पन्छाएर अघि बढेको साख्तर सोही लयलाई निरन्तरता दिने दउमा हुनेछ । पछिल्लो आठ खेलमा अपराजित साख्तरका लागि जुनियर मोराइस, टाएसन, मार्लाेस र डुडु जस्ता खेलाडीको साथ छ ।
साख्तर दोस्रोपटक युरोपा लिगको फाइनल पुग्न चाहन्छ । यसअघि साख्तरले २००९ मा उपाधि जितेको थियो । तीन पटकको च्याम्पियन इन्टर पाँचौपटक फाइनल पुग्ने दाउमा हुनेछ । इन्टर चारपटक फाइनलमा प्रवेश गर्दा तीनपटक (१९९१, १९९४ र १९९८) मा च्याम्पियन बन्दा १९९७ मा उपविजेता बनेको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]