default_image

5 years ago

August 18, 2020

मौन मेस्सीसामु अबका तीन विकल्प

140 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाको सफलता होस् वा सफलता दुवैमा लियोन मेस्सीको चर्चा अनिवार्य रुपमा हुने गर्दछ । बार्सिलोनामा सबै खाले सफलता प्राप्त गरिसकेका मेस्सीको क्लबमा भविष्यलाई लिएर चर्चा पुनः सुरु भएको छ ।

च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार भएपछि क्याम्प नोउमा उनको भविष्य के हुने भन्ने चर्चा सुरु भएको छ । यद्दपी उनी आफैले पनि यो विषयमा मुख खोलेका छैनन् ।

किके स्टेन प्रशिक्षकबाट बर्खास्त भइसकेका छन् । त्यस्तो टोलीको प्राविधिक विभागमा पनि व्यापक परिवर्तनको अपेक्षा गरिएको छ । तर, अध्यक्ष जोसेप मारिया बोर्टमेउले तत्काल राजीनाम गर्ने छैनन् । क्लबको निर्वाचन भने छिट्टै हुने सम्भावना रहेको छ । क्लबका रक्षक जेरार्ड पिकेले टोली पूर्न निर्माणका लागि आफुले छाड्नुपर्ने अवस्था आएपनि त्यसका लागि तयार रहेको बताएर दबाब दिएका छन् ।

खेलमा हार जित स्वभाविक हो । तर, लिस्बनमा बार्यनसँग बार्सिलोनाको त्यो हार कसैको कल्पनामा थिएन । त्यो खेलपछि मेस्सी चुपचाप रहेका छन् । रोमा र लिभरपुलसँग विगतमा बार्सिलोना हारेको थियो, तर यस्तो लज्जास्पद हार मेस्सीले बेहोर्नुपरेको थिएन ।

त्यो हारले धेरैलाई झट्का लागेको छ । मेस्सी आफैं पनि त्यो हारबाट निकै दिक्क रहेको बताइएको छ । यद्दपी बार्सिलोनामा उनको भविष्यलाई लिएर केहि महिना यताबाटै चर्चा सुरु भएको थियो । ओसासुनासँगको खेलपछि उनले व्यक्त गरेको असन्तुष्टीले पनि उनी लामो समय बार्सिलोनामा नरहन सक्ने अड्कल काटिएको थियो ।

पछिल्ले केहि समययता बार्सिलोनाले भित्राएका प्रशिक्षकको विषयमा खेलाडीहरु सन्तुष्ट रहन नसकेको बताइन्छ । स्टेन हुन् वा त्यअघिका इर्नेस्टो भाल्र्भेडे प्रति खेलाडी खासै कारात्मक नरहेको बताइएको थियो ।

मेस्सीले बार्सिलानो बोर्डको निर्णय पर्खिरहेको अनुमान गरिएको छ । अहिले टोलीमा रहेको संकटर्लाइ बोर्डले केसरी कम गर्ने प्रयास गर्नेछ त्यसपछि मात्र मेस्सीले आफ्नो धारणा सार्वजनिक गर्न सक्नेछन् । उनी आफै पनि बार्सिलोनासँगको नयाँ सम्झौताका लागि तयार नरहेको चर्चा पनि सँगै चलिरहेको छ । मेस्सीको क्लबसँगको सम्झौता सन् २०२१ को जुनसम्म छ । अहिले थप सम्झौताका लागि उनी इच्छुक नरहेको बताइएको छ ।

मेस्सीको भविष्यलाई लिएर तीन अब तीन विकल्प अगाडी रहेका छन् । पहिलो उनले सम्झौताको अन्त्य गर्दै उनले नयाँ सिजनमा नयाँ क्लबको बाटो रोज्न सक्नेछन् । तर, क्लबका अध्यक्ष बार्टोमेउले मेस्सीलाई रोक्नका लागि सबै खाले विकल्प प्रयोग गर्नेछन् । यदि उनले अर्को क्लबको बाटो रोजे भने त्यो बार्सिलोनाका लागि ठूलो घाटा हुने अध्यक्षलगायत सबैलाई थाहा छ ।

मेस्सी आफैं पनि टोलीको प्रदर्शनबाट सन्तुष्ट हुन सकेका छैनन् । पछिल्लो पाँच वर्षमा टोलीले च्याम्पियन्स लिग जित्न सकेको छैन । झन् यो वर्ष टोली उपाधिविहिन भएको छ । मेस्सीको खेल जीवनका सबै भन्दा ठूलो प्रतिस्पर्धीका रुपमा रहेका क्रिस्टियानो रोनाल्डोले अलग अलग तीन देशका लिगमा उच्च प्रदर्शन गरेका छन् । त्यस्तो अनुभव मेस्सीसँग छैन । उनको सबै सफलता बार्सिलोनामै सिमत छ ।

क्लबमा अहिले जे भइरहेको छ त्यो सन्तोषजनक नरहेको मेस्सी पनि मान्छन् । प्राविधिक विभागमा ठूलै परिवर्तन आवश्यक रहेको उनको मत छ । आफ्नो अनुरोधमा पनि नेयमारलाई पुनः क्लबमा फर्काउन नसक्दा मेस्सी क्लबसँग खुसी छैनन् ।

अर्को विकल्प अहिलेको सम्झौता रहेसम्म क्लबमा रहने । त्यसको अर्थ उनी अब नयाँ सम्झौता गर्ने छैनन् । त्यसपछि उनी जुन सुकै क्लबमा जानका लागि खुला हुनेछन् । त्यो पनि बार्सिलोनाका लागि भने सहज अवस्था होइन । बार्सिलोना जुन सुकै अवस्थामा पनि मेस्सीलाई गुमाउन चाहँदैन । त्यसमा के गर्ने भन्ने निर्णय मेस्सी आफैले लिनु पर्नेछ ।

तेस्रो विकल्प क्लबसँग नयाँ सम्झौता गर्ने । विगतमा पनि पटक पटक मेस्सीले क्लब छाड्न सक्ने चर्चाका बीच नयाँ सम्झौता गरेका थिए । यसपटक पनि त्यस्तै हुनेमा क्लब आशावादी पनि हुन सक्दछ । तर मेस्सीले नयाँ सम्झौता गरेकै खण्डमा पनि लामो समय गर्ने छैनन् भन्ने अनुमान गरिएको छ ।

अहिलेको कठीन अवस्थामा भने मेस्सीले अझै केहि समय धर्यता राख्ने सम्भावना छ । यति बुझ्न कठीन भने छैन, उनी तत्काल क्लबसँग नयाँ सम्झौताको पक्षमा भने छैनन् । क्लबले अब लिने कदम मेस्सीसँगै क्लबकै भविष्यका लागि पनि महत्त्वपूर्ण छ ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.