default_image

5 years ago

August 18, 2020

मेस्सी र ग्वार्डिओला : एक अर्काको आवश्यकता

194 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लज्जास्पद हार बेहोरेपछि बार्सिलोनाको कमजोरी छताछुल्ल भएको छ। बार्यनसँग शुक्रबार ८–२ ले पराजित भएपछि बार्सिलोनाको व्यवस्थापनमै पनि कमजोरी रहेको चर्चा सुरु भएको छ ।

त्यस्तै पीडा छ बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको । उनको टोली म्याचचेस्टर सिटी पनि यसपटक क्वार्टरफाइनलबाट बाहिरियो । सिटी लगातार तेस्रो वर्ष अन्तिम आठबाट बाहिरिएको हो । त्यसअघि बायर्न म्युनिखमा रहँदा पनि पेपले टोलीलाई उपाधिसम्म डोर्याउन सकेका थिएनन् ।

लियोनल मेस्सी र ग्वार्डिओलासँगै रहँदा भने बार्सिलोनालाई ठूला ठूला सफलता दिलाएको इतिहास छ । जति बेला उनीहरु एउटै टोलीमा थिए, टोलीले अहिलेको जस्तो हार बेहोर्नुपरेको थिएन । पछिल्ला सिजनमा मोनाको, लिभरपुल, टोटेनहम र यो पटक लियोनसँग पराजित हुँदै ग्वार्डिओलाको ८ सय मिलियन युरोको टोली सिटी सेमिफाइनल पुग्नबाट बन्चित रह्यो ।

ग्वार्डिओलाले मेस्सी विना सिटीबाट च्याम्पियन्स लिग जित्न अझै बाँकी रहेको छ । बायर्न म्युखिनका पूर्व प्रशिक्षक ग्वार्डिओला विना पनि मेस्सीले भने २०१५ मा च्याम्पियन्स लिग उपाधि जितेका थिए । त्यसबेला ब्राजिलियन फरवार्ड नेयमारको उच्च प्रदर्शन बार्सिलोनाको जितेको आधार थियो । त्यसयता बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सकेको छ ।

ग्वार्डिओलाले बार्सिलोनाको नेतृत्वमा रहँदा अर्जेन्टिनी फरवार्ड मेस्सी खुसी थिए । यद्दपी त्यति बेला युवा खेलाडी थिए । उनका वरिपरि सिनियर खेलाडी रहन्थे । मेस्सी रहँदा कुनै पनि टोलीको प्रशिक्षक पक्कै खुसी हुन्छन् । तर मेस्सीको खुसीले नै खेलमा उनको सफलता फरक पर्छ ।

च्याम्पियन्स लिगको नकआउट चरणमा ग्वार्डिओला निकै दबाबमा रहेको बताइन्छ । उनले क्याप नोउमा रहँदा ४–३–३ को प्रणालीमा खेलाउँथे । बार्सिलोनासँग मेस्सीको सम्झौता सन् २०२१ को जुनमा सकिनेछ । सिटीमा पनि गुआर्डीओलाको सम्झौता २०२१ सम्म नै रहेको छ । यस्तो अवस्थामा दुवै एकसाथ देखिने सम्भावना पनि छ ।

मेस्सीले पछिल्लो समय बार्सिलोनामा अब नरहने संकेत गरेका छन् । अहिले पनि कतिले बार्सिलोनामा मेस्सीको भविष्य अन्यौलमा रहेको अनुमान गरेका छन् । गुआर्डीओला पनि सिटीलाई च्याम्पियन्स लिग उपाधि दिलाएर नै बिट मार्न चाहन्छन् । यस्तोमा दुवैलाई एक अर्काको साथ चाहिएको छ । दुवैलाई एकै क्लब देख्न पाइएला त ?

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.