default_image

5 years ago

August 18, 2020

लुकाकु र मार्टिनेज चम्कदा इन्टर मिलान फाइनलमा

144 views

0 Bookmark

एजेन्सी – फरवार्डद्धय लोउटारो मार्टिनेज र रोमेलु लुकाकु चम्कदा इटालियन क्लब इन्टर मिलान युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

जर्मनीमा सोमबार राति भएको खेलमा युक्रेनी क्लब साख्तर डोनेक्समाथि ५–० को सानदार जित निकाल्दै इन्टर मिलान उपाधि नजिक पुगेको हो । अब इन्टरले उपाधिको लागि स्पेनिस क्लब सेभिल्लाको सामना गर्नेछ । फाइनलमा शुक्रबार राति हुनेछ ।

पहिलो हाफमा १–० को अग्रता लिएको इन्टरले दोस्रो हाफमा चार गोल थप्न सफल भएको थियो । एक गोल ड्यानियल डि एम्ब्रुसियोको नाममा रह्यो । खेलको १९औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई शुरुवाती अग्रता दिलाएका थिए । निकोलो बरेल्लाको क्रसमा मार्टिनेजले हेडरमार्फत गोल गरेका थिए ।

६२औं मिनेटमा मानभियान्कोको क्रसमा जुनियर मोराइसको हेडर पोस्टबाट थोरै बाहिरिदा साख्तर बारबरीबाट चुकेको थियो । त्यसको दुई मिनेटपछि ड्यानिलो डि एम्ब्रुसियोले गोल गर्दै इन्टर मिलानको अग्रता दोब्बर पारे । मार्सेलो ब्रोजोभिकको कर्नरलाई एम्ब्रुसियोले गोलमा परिणत गरेका थिए ।

७४औं मिनेटमा रोमेलु लुकाकुको पासमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–० ले अघि बढाए । त्यसपछिको दुई गोल लुकाकुको नाममा रह्यो । उनले ६ मिनेटको अन्तरमा दुई गोल गर्दै इन्टरलाई फराकिलो जित दिलाए ।

७८औं मिनेटमा मार्टिनेजको पासमा लुकाकुले गोल गर्दै इन्टरलाई ४–० ले अघि बढाए । ८३औं मिनेटमा लुकाकुले स्टेफनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ५–० को फराकिलो जितसहित फाइनलका पुर्‍याए । बल पोजेसनमा पकड बनाएपनि साख्तरले इन्टर मिलानको बलियो रक्षापङ्ति तोड्न नसक्दा फराकिलो हार भोग्दै सेमिफाइनलबाट बाहिरिन बाध्य बन्यो ।

तीन पटकको च्याम्पियन इन्टर मिलान पाँचौपटक युरोपा लिगको फाइनलमा पुग्न सफल भएको हो । इन्टर १९९१, १९९४ र १९९८ मा च्याम्पियन बन्दा १९९७ मा उपविजेता बनेको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.