default_image

5 years ago

August 18, 2020

सिल्भा १० वर्षपछि स्पेन फर्किए

150 views

0 Bookmark

एजेन्सी – स्पेन तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भा झन्डै १० वर्षपछि स्पेनमा फर्किएका छन् ।

स्पेनिस ला लिगा क्लब रियल सोसिडाडसँग दुई वर्षको सम्झौता गर्दै सिल्भा १० वर्षपछि स्पेनिस क्लबमा फर्किएका हुन् । सिल्भा ३० जुन २०२२ सम्म सोसिडाडमा हुनेछन् ।३४ वर्षे सिल्भा २०१० मा स्पेनिस क्लब भ्यालेन्सियाबाट इंग्लिस क्लबमा पुगेका थिए ।

भ्यालेन्सियाबाट सिटी पुगेपछि उनले सिटीमै १० वर्ष बिताए । गत शनिबार च्याम्पियन्स लिगमा लियोनसँगको क्वाटरफाइनल खेल नै सिल्भाको लागि सिटीबाट अन्तिम खेल बन्यो । यस्तै सिल्भाले सिटीको मैदान इतिहाद स्टेडियममा च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको अन्तिम खेल खेले ।

सिटीका लेजेन्ड सिल्भालाई इटालियन क्लब लाजियोले तीन वर्षको सम्झौता प्रस्ताव गरेपनि सिल्भालाई स्पेनिस क्लब रियल सोसिडाडले अनुबन्ध गर्न सफल भएको हो । सिल्भाले रियल सोसिडाडमा आफ्नो रोजाईको जर्सी नम्वर २१ नै लगाउनेछन् ।

यससँगै सिल्भाले नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्डलाई स्थानान्तरण गर्नेछन् । ओडेगार्ड आफ्नो लोन अवधि पुरा गर्दै अर्काे स्पेनिस क्लब रियल म्याड्रिडमा फिर्ता भइसकेका छन् । ओडेगार्डले यो सिजन सोसिडाडबाट ३६ खेल खेल्दै ७ गोल गरेका थिए ।

सिल्भाले सोमबार सिटी र सिटीका समर्थकलाई बिदाई सन्देश लेख्दै टाढाबाट भएपनि टोलीलाई सहयोग गर्ने बताएका छन् । ‘मलाई आशा छ कि भविष्यमा सिटीले अझ ठुलो सफलता हासिल गर्नेछ । म टाढाबाट टोलीलाई सहयोग गर्नेछु । यो अविस्मरणीय क्षणहरु सिटीको परिवारसँग बाड्न पाउदा म धेरै खुशी छु । सिटी मेरो हृदयमा हुनुहुनेछ,’ सिल्भाले लेखेका छन् ।

सिटीले सोमबारै इतिहाद स्टेडियम नजिकै दशकौ सेवा गरेको सिल्भाको (स्ट्याचु) प्रतिमा बनाउने घोषणा गरेको छ । सिल्भाले सिटीबाट ४ सय ३६ खेल खेल्दै विभिन्न १४ उपाधि जिताउन महत्वपुर्ण भुमिका निभाए ।

उनले प्रिमियर लिगमा ३०९ खेल खेल्दै ६० गोल गरेका थिए । सिटी २०१२, २०१४, २०१८ र २०१९ को प्रिमियर लिग च्याम्पियन बन्दा उनको पनि महत्वपुर्ण योगदान थियो । यस्तै सिल्भाले सिटीबाट दुई एफए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्ड जितेका छन् । सिल्भा स्पेनले २०१० मा विश्वकप तथा २००८ र २०१२ को युरोकप जित्दा टोलीका सदस्य थिए ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.