5 years ago
August 18, 2020
एजेन्सी – रियल म्याड्रिडका लागि सन् २०१९/२० सिजन समाप्त भइसकेको छ । च्याम्प्यिन्स लिगको प्रि-क्वार्टरफाइनलमा पराजित भएको रियलले ला लिगा उपाधि जित्न सफल रहयो ।

अब नयाँ सिजन क्लब कसरी अघि बढ्छ भन्ने अनुमान सुरु भइसकेका छन् । अब टोलीका हामेस रोड्रिग्वेजको अवस्था के हुने भन्ने प्रश्न पनि सँगै जोडिएको छ । कोलम्बियन रोड्रिग्वेजले यो सिजन पनि टोलीका मौका पाउनका लागि निकै संघर्ष गर्नुपरेको थियो । जनवरीमा उनले क्लब छोड्ने चर्चा चलेपनि त्यसो हुन सकेन ।
‘खेल्न नपाउँदा दिक्क लाग्छ । मलाई थाहा छ सधै खेल्ने अवस्थामै हुन्छु । तर अरुका कारणले म खेल्न पाउँदिन,’ उनले भने,’ यदि म खराब खेलाडी हो भने मैले त्यसलाई स्वीकार गर्नुपर्दछ । तर म त्यो खेलाडी हु जो सधै जित्न र प्रतिस्पर्धाका लागि तयार रहन्छु ।’
रोड्रिग्वेजले यस्तो दाबी गरिरहँदा टोलीका प्रशिक्षक जिनेदिन जिदानले भने उनीमाथि विश्वास गर्न सकिरहेका छैनन् । ‘खेलाडीका विषयमा उनको आफ्नो सोच र धारणा छ । म त्यसको सम्मान गर्छु । म उनको विचारमा समावेश हुन चाहन्न,’ उनले थपे, ‘यदि सबै खेलाडीले उत्तिकै मौका पाउने अवस्था छैन भने कठिनाई त हुन्छ । म क्लब छाड्न चाहन्छु तर क्लबले मलाई छाडेको छैन ।’

रोड्रिग्वेजले अन्य क्लबमा जान चाहेको पनि खुलेर बताएका छन् । ‘म जहाँ खेल्न पाउँछु त्यहीं जान चाहन्छु,’ उनको बुझाई छ, ‘जिदानको प्रशिक्षणमा मैले धेरै मौका पाउँदिन किन कि उनको आफ्नै सोच र योजना छ ।’
एउटा समय थियो उनी प्रिय बनेर क्लबमा प्रवेश गरेका थिए । ब्राजिल विश्व कप २०१४ मा गरेको उनको प्रदर्शनले धेरैलाई लोभ्याएको थियो । त्यस विश्वकपमा उनले गोल्डेन बुट पनि जितेका थिए ।
‘त्यति बेला हामी विश्व कप खेलिरहेका थियौं । हाम्रो तेस्रो खेल जापानसँग थियो । रियलले मसँग कुरा गर्न चाहेको मलाई बताइयो,’ उनले स्मरण गरे, ‘तर जर्ज मेन्डेसले मलाई भनेका थिए अहिले कोहिसँग पनि कुरा गर्नु उपयुक्त हुँदैन अहिले विश्वकपमा केन्द्रित हुने समय हो । मैले जापानसँग पनि राम्रो खेले ।’
मेन्डेसले पछि उनलाई अब सम्झौताका विषयमा सोच्दा हुने बताए । उनले भने,’ त्यसपछि हामीले उरुग्वेसँग खेल्यौं । त्यो खेल पनि उत्कृष्ट रहयो । मैले दुई गोल गरें। त्यसपछि मैले सम्झौताका लागि सहमति जनाए ।’
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]