5 years ago
August 18, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली युवा स्टार रेनिएर जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्धित हुने भएका छन् । डर्टमुन्डले १८ वर्षीय युवा मिडफिल्डरलाई दुई वर्षको लागि लोनमा अनुबन्ध गर्न लागेको हो ।

रियलले रेनिएरको क्षमता देखेर नै गत जनवरीमा २५ मिलियन पाउन्डमा गत जनवरीमा सन् २०२७ सम्मको लागि अनुबन्ध गरेको थियो । उनले फ्लामेङ्गोको सिनियर टोलीबाट ८ खेलमा ६ गोल गर्दै युरोपका ठुला क्लबको नजरमा परेका थिए । तर, रियलमा तत्कालै पहिलो रोजाईमा पर्ने सम्भावना न्युन रहेपछि रियलले रेनिएरको खेलको थप क्षमता विस्तारको लागि लोनमा पठाउने निर्णय गरेको थियो ।
रेनिएरको लागि डर्टमुन्डसँगै बायर लिभरकुसन, रियल सोसिडाड र रियल भालाडोलिडले पनि चासो देखाएका थिए । यस्तै यसअघि नै युरोप बाहिरका तीन खेलाडी रहिसकेका कारण पनि रेनिएरलाई रियलले बाहिर पठाउन निर्णयमा पुगेको हो । रियलमा तीन ब्राजिली खेलाडी भिनिसियस जुनियर, रोड्रिगो र एडर मिलिटाओ युरोप बाहिरको खेलाडीको रुपमा रहेका छन् ।
रेनिएर जनवरी यता, रियलको रिजर्भ टिममा रहँदा कोरोनापछि पहिलोपटक सिनियर टोलीको प्रशिक्षण क्याम्पमा परेका थिए । डर्टमुन्डले यसअघि पनि रियलका अचरफ हाकिमीलाई लोनमा अनुबन्ध गरेको थियो । उनले लोनमा दुई वर्षको पुरा गर्दै यसै सिजन इटालियन क्लब इन्टर मिलानमा आबद्ध भएका छन् ।
रेनिएर डर्टमुन्डमा आबद्ध भएसँगै उनी युवा स्टारहरु एर्लिङ ब्राउट हालान्ड, जाडोन सान्चो र जुडे बेलिङहम जस्ता खेलाडीसँग खेल्ने भएका छन् । डर्टमुन्डका प्रशिक्षक लुसियन फाब्रेले रेनिएर क्षमतावान् खेलाडी रहेकाले नम्वर ९ र आक्रामक मिडफिल्डमा रहेर पनि गोल गर्न सक्ने बताए ।
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]