default_image

5 years ago

August 18, 2020

पीएसजी र लाइप्जिगको पहिलोपटक फाइनल पुग्ने लक्ष्य

233 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगअन्तर्गत पहिलो सेमिफाइनलमा आज राति जर्मन क्लब आरबी लाइप्जिग र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि शुरु हुदैछ । दुवै टोली पहिलोपटक फाइनल पुग्ने दाउमा छन् । पीएसजी २५ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो भने लाइप्जिग क्लब इतिहासमै पहिलोपटक अन्तिम चारमा पुग्न सफल भएको छ ।

फ्रान्समा घरेलु फुटबलको तीन उपाधि जितेको पीएसजी जर्मन प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै पहिलोपटक फाइनल पुग्ने प्रयासमा हुनेछ । सन् १९९४–९५ को सिजमा पीएसजी सेमिफाइनलमा इटालियन प्रतिद्वन्द्वी एसी मिलानसँग समग्रमा ३–० ले पराजित हुँदै फाइनल पुग्न असमर्थ रहेको थियो । पहिलो लेगमा १–० ले पछि परेको पीएसजी दोस्रो लेगमा २–० ले पराजित भएको थियो । यसपटक पीएसजी त्यो गल्ती दोहोर्‍याउन चाहदैन ।

विश्व फुटबलका दुई स्टार खेलाडीहरु ब्राजिली नेयमार र फ्रेन्च युवा फरवार्ड केलियन एमबप्पेको साथ पाएको पीएसजी उच्च मनोबलका साथै मैदान उत्रनेछ । पछिल्ला खेलमा नेयमारले उच्च प्रदर्शन गरिरहँदा एमबाप्पेले इटालियन क्लब एटलान्टाविरुद्धको खेलबाट चोटबाट पूनरागमन गरेका थिए । त्यसैले नेयमार र एमबाप्पे नै टोलीका लागि मुख्य हतियार हुनेछन् ।

पछिल्लो खेल प्रतिबन्धका कारण गुमाएका एन्जल डि मारियाले लाइप्जिगविरुद्ध सुरुवात गर्ने सम्हावाना छ । माउरो इकाडी, मार्किन्योस, थियागो सिल्भा, थिलो केरहर, जुवान बर्नाट टोलीमा रहँदा पहिलो रोजाईका गोलरक्षक केलर नाभासले चोटका कारण लाइप्जिगविरुद्धको खेल गुमाउने छ । सर्जियो रिकोले पीएसजीको पोस्ट सम्हाल्नेछन् । नाभासको अभाव टोलीलाई हुन सक्नेछ ।

यता, छोटो समयमै उच्च नतिजा निकालिरहेको आरबी लाइप्जिग पनि पीएसजीलाई स्तब्ध पार्दै पहिलोपटक फाइनल प्रवेश गर्दै इतिहास बनाउन चहान्छ । लाइप्जिगकका लागि युसुफ पउलसेन, ड्यानिय ओल्मो, क्रिस्टोफेर एनकुन्कु, मार्सेल सवित्जर, एन्जेलिनो र गोलरक्षक पिटर गुलाक्सी रहनेछन् । लाइप्जिग नेयमार र एमबाप्पेलाई रोक्दै गोलरक्षक केलर नाभास नभएको फाइदा उठाउने दाँउमा हुनेछ ।

यि दुई टोली दोस्रोपटक आमने–सामने हुन लागेको हुन् । यसअघि सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा लाइप्जिग ४–२ ले विजयी भएको थियो । त्यसबेला एक गोल गरेका युसुफ पउलसेन अहिले पनि लाइप्जिगको टोलीमा छन् । पीएसजी पछिल्लो ११ खेलमा अपराजित रहेको छ । लाइप्जिगले पछिल्ला तीनमध्ये दुई खेलमा जित तथा एक खेलमा हारको नतिजा निकालेको छ ।

यस खेलमा विजयी हुने टोलीले उपाधिका लागि आइतबार राति लियोन र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । लियोन र बायर्नबीचको खेल भोलि राति हुनेछ ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.