default_image

5 years ago

August 19, 2020

पीएसजी च्याम्पियन्स लिगको फाइनलमा!

266 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब इतिहासमै पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार लिस्बनमा भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ३-० को जित दर्ता गर्दै पीएसजीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । पीएसजीको जितमा मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले १-१ गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै लाइप्जिगका क्रिस्टोफर एन्कुन्कुको प्रहार डिफेन्डरलाई लाग्दै सिधै गोलरक्षक सर्जियो रिकोको हातमा पुग्यो । त्यसको तीन मिनेटपछि नै पीएसजी अग्रता लिनबाट चुक्यो । किलीयन एमबाप्पेको थ्रु पासमा नेयमारले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा नै बललाई पोस्टको दिशा दिन खोजेपनि सफल हुन सकेनन् ।

लगत्तै पीएसजीले गोल गरेको दावी गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । एमबाप्पेले बललाई जाली चुमाएपनि नेयमारले गोलरक्षकको प्रहार रोक्मे क्रममा ह्यान्ड गरेका कारण गोल मान्य भएन । खेलको १३ औं मिनेटमा पीएसजीले मार्किन्हसको गोलमा अग्रता लियो । एन्जल डी मारियाले मैदानको बायाँ भागबाट झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई मार्किन्हसले हेडरमार्फत गोल गरेका थिए ।

१६ औं मिनेटमा आन्दर हरेराको पासमा किलियन एमबाप्पेको प्रहारलाई गोलरक्षक पिटर गुलाक्सीले विफल पारे । २५ औं मिनेटमा लाइप्जिगका कप्तान युसुफ पल्सेनले खेल बराबरी गर्ने अवसर सदुपयोग गर्न सकेनन् । कोनराड लाइमरको कटब्याकमा पल्सेनको प्रहार पोस्टबाट थोरैले बाहिरियो ।

खेलको ३५ औं मिनेटमा नेयमारको फ्रिकिक पोस्टमा लाग्दा पीएसजीले अग्रता दोब्बर पार्ने अवसर गुमायो । नेयमारले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारमा गोलरक्षकले ढिलो डाइभ दिएपनि पोस्टमा लाग्दै बाहिरीपछि खेल १-० कै अवस्थामा रहयो ।

खेलको ४२ औं मिनेटमा पीएसजीले डी मारियाको गोलमा अग्रता दोब्बर पार्यो । गोलरक्षक गुलाक्सीले क्लियर गर्ने क्रममा मिस पास गरेपछि आएको बललाई नेयमारले फ्लिक गरेर डी मारियातर्फ दिए । अनमार्क रहेका डी मारियाले सहजै गोल गर्दै अग्रता दोब्बर पारे । ४४ औं मिनेटमा एमबाप्पेको पासमा नेयमारले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्न सकेनन् ।

दोस्रो हाफको ५६ औं मिनेटमा पीएसजीले जुआन बर्नाटको गोलसँगै ३-० को अग्रता लियो । मुकिएलेले बायाँ कर्नरमा बल फुस्काएपछि डी मारियाले उक्त बलमा दिएको क्रसलाई बर्नाटले गोलमा परिणत गरे । लाइप्जिगले बल फुस्काउँदा मुकिएलेमाथि फल भएको भन्दै विरोध गरेपनि भिएआरले गोललाई मान्यता दिएको थियो ।

६० औं मिनेटमा लाइप्जिगका मार्सल साबिट्जरको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई गोलरक्षक सर्जियो रिकोले सहजै बचाए । ६५ औं मिनेटमा उनकै प्रहारले पोस्टको दिशा लिन सकेन । ७० औं मिनेटमा डी मारियाको क्रसमा एमबाप्पेको हेडरमा गोलरक्षक बिट भएपनि बल पोस्टभन्दा माथिबाट बाहिरियो ।

८० औं मिनेटमा नेयमारसँग छोटो फ्रिकिक मुभ बनाएका डी मारियाको प्रहारलाई गोलरक्षक गुलाक्सीले विफल पारे । लगत्तै रिबाउन्डमा आएको प्रहार उनले दोस्रो प्रयासमा बचाए । ८१ औं मिनेटमा लाइप्जिगको लगातार दुई प्रहारलाई डिफेन्डर थियागो सिल्भा र प्रेस्नेल किम्पेम्बेले ब्लक गर्दै खेलमा फर्कने कुनै अवसर दिएनन् ।

यस जितसँगै पीएसजीले फाइनलमा स्थान पक्का गरेको छ । दोस्रो सेमिफाइनलमा बुधबार बायर्न म्युनिख र लियोन भिड्नेछन् ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.