5 years ago
August 19, 2020
एजेन्सी – क्लबको इतिहासमा पहिलोपटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस क्लब रियल म्याड्रिडले बनाएको कीर्तिमानलाई बराबरी गरेको छ ।

पीएसजीले च्याम्पियन्स लिगका सेमिफाइनलमा आरबी लाइप्जिगविरुद्ध ३–० को जित निकाल्दै प्रतियोगिताका पछिल्ला सबै ३४ खेलमा गोल गर्दै रियलले बनाएको कीर्तिमानलाई बराबरी गरेको हो । पीएसजीले २०१६ देखि ३४ खेलमा लगतार गोल गर्दै रियलको कीर्तिमानलाई भेट्टाएको हो ।
२०१६ अप्रिलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग १–० ले पराजित भएको खेलमा मात्रै पीएसजीले गोल गर्न असफल रहेको थियो । त्यसयता, पराजित भएको खेलमा पनि पीएसजीले गोल गर्दै आएको थियो । पछिल्ला प्रतियोगितामा क्वाटरफाइनलमा नै रोकिएको पीएसजी यसपटक भने उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल रहयो ।

स्पेनिस क्लब रियल म्याड्रिडले २०११ देखि २०१४ को बीचको ३४ खेलमा गोल गर्दै यो कीर्तिमान बनाएको थियो । सोही समयमा रियलले युरोपियन फुटबलमा प्रभुत्व जमाएको थियो । रियलले त्यसबेला पाँच वर्षको अवधिमा चारपटक च्याम्पियन्स लिग जित्न सफल भएको थियो । पछिल्लो दुई सिजन भने रियलले प्रि–क्वाटरफाइनल पार गर्न सकेको छैन ।
फाइनलमा स्थान बनाएको पीएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीले आज राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । फाइनलमा गोल गरे पीएसजीले च्याम्पियन्स लिगमा दुर्लभ उपलब्धि आफ्नो नाम गर्नेछ ।
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]