default_image

5 years ago

August 19, 2020

गोलरक्षक हार्ट टोटेनहममा अनुबन्धित

89 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले इंग्ल्यान्ड तथा म्यानचेस्टर सिटीका पूर्व गोलरक्षक जो हार्टलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको छ ।

टोटेनहमले इंग्ल्यान्ड तथा बर्नलीका ३३ वर्षे गोलरक्षक हार्टलाई फ्रि ट्रान्सफरमार्फत दुई वर्षको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार हार्टले प्रतिसाता ५० हजार पाउन्ड पाउने उल्लेख गरिएको छ । टोटेनहममा अनुबन्ध भएसँगै हार्टले इन्स्टाग्राममा ‘बिग डे’ लेखेका छन् ।

‘सर्वप्रथम म धन्यवाद दिन चहान्छु । विशेषगरी क्लबलाई धन्यवाद दिन चाहन्छु,’ हार्टले लेखेका छन् ।

हार्टले २०१९–२० को सिजनको अन्त्यसँगै बर्नली छाडेका थिए । हार्ट २०१८ मा बर्नली आएका थिए । २००६ देखि २०१८ सम्म सिटीमा रहँदा हार्टले विभिन्न पाँच क्लबबाट पनि लोनमा खेलेका थिए ।हार्टले २०१० देखि २०१७ सम्म सिटीबाट पहिलो रोजाईमा खेल्ने अवसर पाएका थिए ।

त्यसपछि हार्टले इटालियन क्लब टोरिनो र इंग्लिस क्लब वेस्टह्याम युनाइटेडबाट लोनबाट खेलेका थिए । हार्टले सिटीबाट समान दुई प्रिमियर लिग र फुटबल लिग कप तथा एकपटक एफए कप जितेका छन् । इंग्ल्यान्डका लागि उनले ७५ क्याप जितेका छन् ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.