default_image

5 years ago

August 19, 2020

बलियो बायर्नलाई अन्डरडग लियोनको चुनौती

193 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा आज राति दोस्रो सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । दुबै टिमको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ । विजेताले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ । पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगलाई ३–० ले पराजित गर्दै पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

उपाधिको बलियो दावेदार बायर्न लियोनमाथि सहज जित निकाल्दै फाइनल पुग्ने दाउमा रहनेछ । क्याटलान क्लब बार्सिलोनामाथि ८–२ को सानदार जित निकालेर उच्च मनोवलमा रहेको बायर्न सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।

बायर्नका लागि रोवर्ट लेवान्डोस्की नै मुख्य हतियार हुनेछन् । उनी यो सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्तासमेत हुन् । उनलाई थोमस मुलर, इभान पेरिसिस, सर्ज जिनाब्री, थियागो अलकान्तरा, लियोन गोरेट्ज्काले साथ दिनेछ । यस्तै बायर्नलाई अलफन्सो डाभिस, डेभिड अलवा, जेरोमी बोएटिङ, जोसुवा किम्मिच र गोलरक्षक तथा कप्तान म्यानुयल नुएरको साथ रहनेछ ।

बायर्न ११औं पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । पाँच पटकको च्याम्पियन बायर्न पाँचपटक नै उपविजेता बनेको छ । बायर्न पछिल्लोपटक २०१३ मा च्याम्पियन बनेको थियो ।
बायर्न १९७४, १९७५, १९७६, २००१ र २०१३ मा च्याम्पियन बनेको थियो । १९८२, १९८७, १९९९, २०१० र २०१२ मा उपविजेता बनेको थियो । बायर्नका प्रशिक्षक हान्सी फ्लिकले हरेक खेल शुन्यबाट शुरु हुने र टोली जितको लागि केन्द्रित रहेको बताएका छन् ।

यता, यो सिजन अन्डरडगको रुपमा रहेको लियोन पनि बायर्नलाई स्तब्ध पार्दै फाइनल पुग्ने दाउमा हुनेछ । इटालियन महारथी युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर सिटीको चुनौती पन्छाएर सेमिफाइनल सम्मको यात्रा गरेको लियोन बायर्नलाई स्तब्ध पार्दै पहिलोपटक फाइनल पुग्ने दाँउमा हुनेछ । युभेन्टसलाई अवे गोलमा पछि पारेको लियोनले उपाधिको दावेदारको रुपमा हेरिएको सिटीमाथि ३–१ को जित निकाल्दै पहिलोपटक सेमिफाइन्लमा पुग्न सफल भएको थियो ।

लियोनका लागि मेम्फिस डिपे, मौसा डेम्वेले, म्याक्सवेल कर्नेट, फर्नान्डो मार्कल, मार्सेलो, लियो डुवोइस, हुसेन र गोलरक्षक एन्थोनी लोपेस हुनेछ । सिटीविरुद्धको खेलमा लोपेसले उच्च प्रदर्शन गरेका थिए । मौसा डेम्वेलेले सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गर्दै दुई गोल गरेका थिए ।

यि दुई टोलीबीच हालसम्म ८ पटक प्रतिस्पर्धा भएको छ । जसमा बायर्नले चार खेल आफ्नो पक्षमा पार्दा लियोनले दुई खेल आफ्नो पक्षमा पारेको छ । दुई खेल बराबरीमा टुंगिएको छ । पछिल्लो पटक यि दुई टिमबीच २००९–१० को सिजनको सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा बायर्न समग्रमा ४–० ले विजयी भएको थियो । पछिल्लो तीनै खेलमा बायर्न विजयी छ ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.