5 years ago
August 19, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना पुर्व खेलाडी रोनाल्ड कोम्यानलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानले राष्ट्रिय टोली छाड्दै बुधबार नियुक्त गरिएको क्लबले उल्लेख गरेको छ ।

डच टोलीको मुख्य प्रशिक्षक समेत रहेका ५७ वर्षीय कोम्यानलाई बार्सिलोनाले दुई वर्षको सम्झौता गरेका हुन् । कोम्यान यसअघि १९९८–२००० मा बार्सिलोनाको सहायक प्रशिक्षक समेत बनेका थिए । उनी त्यतिबेलाका प्रशिक्षक लुइस भान गालको सहायक रहेका थिए । बार्सिलोनाले मुख्य प्रशिक्षक क्विके सेटिनलाई बर्खास्त गरेको दुई दिनपछि कोम्यानलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो ।
खराब प्रदर्शनसँगै बार्सिलोनाले गत जनवरीमा एर्नेस्टो भाल्भेर्डेको स्थानमा मुख्य प्रशिक्षक बनेका सेटिनलाई ७ महिनामै गत सोमबार बर्खास्त गरेको थियो । सेटिनको प्रशिक्षणमा बार्सिलोना एक दशकपछि उपाधिविहीन बन्न पुगेको थियो ।
सेटिनको प्रशिक्षणमा बार्सिलोनाले २५ खेल खेल्दा १६ जित, पाँच हार र ४ बराबरीको नतिजा निकालेको थियो । लिस्बनमा शुक्रबार च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि उनको पद धरापमा परेको थियो ।
पूर्व डिफेन्डर तथा मिडफिल्डर कोम्यानले बार्सिलोनाबाट सन् १९८९ देखि १९९५ सम्म खेलेका थिए । कोम्यानले बार्सिलोनालाई चार लिग उपाधि र एक युरोपियन कप जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । ६ सिजन क्लबमा रहदा उनले २६४ खेलमा ८८ गोल गरेका थिए । उनले नेदरल्यान्डबाट ७८ क्याप जित्दै १४ गोल गरेका छन् ।
२०१८ फेब्रुअरीमा नेदरल्यान्डको मुख्य प्रशिक्षक बनेका कोम्यानको प्रशिक्षणमा नेदरल्यान्डले २० खेल खेल्दा ११ जित, ५ बराबरी र चार खेलमा हारको नतिजा निकालेको थियो । त्यसअघि उनी इंग्लिस क्लब एभर्टनका प्रशिक्षक रहेका थिए ।
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]