default_image

5 years ago

August 24, 2020

कप्तान सिल्भाले पीएसजी छाडे

243 views

0 Bookmark

एजेन्सी – ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का भेट्रान डिफेन्डर तथा कप्तान थियागो सिल्भाले च्याम्पियन्स लिग फाइनलसँगै क्लबका लागि अन्तिम खेल खेलेका छन् ।

यसअघि नै सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका सिल्भाको पीएसजीमा अन्त्य सुखद रहन सकेन । घरेलू लिग र कप उपाधि जितेको पीएसजी च्याम्पियन्स लिगको फाइनलमा बायर्नसँग १-० ले पराजित भयो । यससँगै सिल्भाले पनि पीएसजी बसाईं टुंग्याएका छन् ।

इटलीको रिपोर्ट अनुसार इंग्लिस क्लब चेल्सीको नजरमा रहेको ३५ वर्षे सिल्भालाई फियोरेन्टिनाले प्रतिसाता ७० हजार पाउन्ड पाउने गरी प्रस्ताव गरेको उल्लेख छ । सिल्भालाई फियोरेन्टिनाले दुई वर्षको सम्झौता गर्न प्रस्ताव लगेको छ ।

सिल्भा २०१२ मा इटालियन क्लब एसी मिलानबाट पीएसजी पुगेका थिए । उनी आठ वर्षपछि पुनः इटली फर्कन सक्नेछन् । सिल्भा फ्रि ट्रान्सफरमार्फत फियोरेन्टिनासँग जोडिन लागेका हुन् । चेल्सीले पनि डिफेन्डरमाथि इच्छा देखाएको थियो । तर लाम्पार्डले हाललाई एक वर्षको लागि मात्र अनुबन्धन गर्ने भनेपछि छलफल अगाडि बढ्न सकेन ।

सिल्भाले केहि दिनअघि नै खेल पीएसजीबाट बिदा लिने घोषणा गरेका थिए । ‘यो यात्रा पक्कै अर्काे क्लबमा निरन्तर चल्नेछ, तर मेरो हृदय यहाँ नै रहनेछ,’ सिल्भाले भनेका छन्, ‘अबको यात्राले कहाँ पुर्याउँछ हेर्न बाँकी छ । म अझै केहि वर्ष युरोपमा खेलेर २०२२ को कतार विश्वकपमा जान चाहन्छु ।’

चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आफ्नो डिफेन्समा रहेको कमजोरी सुधार्नको लागि अनुभवी डिफेन्डरको सिल्भालाई अनुबन्ध गर्ने योजना सारेका थिए । तर क्लब र खेलाडीबीच अझै सहमति हुन सकेको छैन । चेल्सीले यसै सिजन अग्रपङ्तिमा जर्मनीका टिमो वेर्नर र डच क्लब आयाक्सका प्लेमेकर हाकिम जियाचलाई अनुबन्ध गरिसकेको छ । चेल्सी डिफेन्स लाइनलाई पनि पनि बलियो बनाउने योजनामा छ ।

सिल्भाले पीएसजीबाट ३१३ खेल खेल्दै १७ गोल गरेका छन् । उनले पीएसजीबाट ७ लिग वान, ६ कप डि ला लिग र समान पाँचपटक कप डि फ्रान्स र ट्रफी डेस च्याम्पियन्स जितेका छन् ।

यो पनि : किंग्सले कोमान : पीएसजीमै हुर्किए, पीएसजीलाई हराए

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.