default_image

5 years ago

August 24, 2020

किंग्सले कोमान : पीएसजीमै हुर्किए, पीएसजीलाई हराए

222 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्स लिगको फाइनलका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध सुरुवाती रोजाईमा एक परिवर्तन गरेको थियो । सेमिफाइनल खेलेका इभान पेरिसिचको स्थानमा किंग्सले कोमान सुरुवाती रोजाईमा समावेश भए ।

उनै कोमान बायर्नको च्याम्पियन्स लिग उपाधि जितमा नायक सावित भए । कोमानले खेलको ६० औं मिनेटमा जोशुवा किम्मिचको क्रसलाई हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । खेलको अन्त्यमा त्यहि गोल उपाधि दिलाउन निर्णायक बन्न पुग्यो । २४ वर्षीय मिडफिल्डरले सायदै सोचेको हुनुपर्छ बाल्यकालमा आफूलाई हुर्काइ-बढाइ गरेको क्लबविरुद्ध फाइनलमा उनले नै विजयी गोल गर्नेछन् ।

पेरिसमै जन्मिएका कोमान ८ वर्षको उमेरमा पीएसजीको एकेडेमीमा भर्ना भएका थिए । छोटो समयमा नै कोमानले पीएसजीमा उन्नति गरे । सन् २००४ मा भर्ना भएका कोमानले एकडेमीमा खेलेको ९ वर्षपछि पीएसजीका लागि सिनियर टोलीबाट डेब्यु गरे । २०१३ फेब्रुअरीमा कोमान मात्र १६ वर्ष ८ महिना ४ दिनको उमेरमा पीएसजीका लागि लिग वनको खेलमा मैदान उत्रिए ।

पीएसजीले लगातार मोटो रकम खर्चंदै विदेशी खेलाडी खरिद गर्न थालेपछि कोमानले २०१४ मै युभेन्टस जाने निर्णय गरे । उनले आफ्नो सम्झौता सकिएपछि नवीकरण नगर्ने निर्णय लिँदै क्लब छाडेका थिए । पीएसजीबाट लिग उपाधि जित्दै युभेन्टस पुगेका उनले इटालीमा रहेर लगातार दुई सिजन लिग उपाधि उचाले ।

युभेन्टसमा पनि पर्याप्त अवसर पाउने नदेखेपछि उनलाई लोनमा बायर्न पठाइयो । बायर्नका लागि पहिलो सिजन नै लिग जितेका उनी अर्को सिजन स्थायी रुपमा क्लबमा अनुबन्धित भए । त्यसयता पनि कोमानले बायर्नसँग लगातार लिग उपाधि जित्दै आएका छन् । यसै सिजन लगातार पाँचौ लिग उपाधि जितेका कोमान च्याम्पियन्स लिगमा भने नायक सावित भए ।

हालसम्म कोमानले पीएसजीबाट र युभेन्टसबाट ४-४ उपाधि जितेका छन् । बायर्नको जर्सीमा आएयता १२ उपाधि जितेका उनले कुनै सिजन उपाधिविहिन हुनुपरेको छैन । अझ व्यावसायिक फुटबल खेलेको हरेक सिजन लिग उपाधि जित्ने दुर्लभ सफलता उनले हात पारेका छन् ।

पीएसजीले खेलाडी अनुबन्धनमा लगातार मोटो रकम खर्चंदा दशकयता पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको थियो । तर बिडम्बना, महँगा खेलाडी क्लबमा राख्न आफ्नै एकेडेमीका खेलाडी अन्यत्र पठाएको पीएसजीलाई आफ्नै उत्पादन कोमानले उपाधि जित्नबाट बन्चित गराए ।

कोमानले फ्रान्सको राष्ट्रिय टोलीबाट पनि खेल्दै आएका छन् । सन् २०१५ मा डेब्यु गरेका उनले २२ खेल खेल्दै ४ गोल गरेका छन् । यसबाहेक उनले उमेर समूहमा पनि फ्रान्सको टोलीबाट झन्डै ४० खेल खेलेका थिए ।

यो पनि :

लेवान्डोस्कीमा ७ वर्षपछि फर्किएको खुसी

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.