5 years ago
August 22, 2020
एजेन्सी – बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख यो सिजन निकै फर्ममा छ । टोली गोल मेसिनका रुपमा स्थापित भएको छ । यो सिजन सबै खाले प्रतियोगितामा गरि बायर्नले १ सय ५८ गोल गरिसकेको छ ।

उच्च प्रदर्शनबाट प्रेरित टोली अर्को च्याम्पियन्स लिग उपाधिको नजिक रहेको छ । आइतबार लिस्बनमा हुने फाइनलमा बायर्नले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्नेछ ।
आइतबारको फाइनलमा बायर्नसँग दुई वटा कीर्तिमानसँग बराबरी वा त्यसलाई पनि तोड्ने अवसर छ ।
यदि बार्यनले थोमस टुचेलको टोलीविरुद्ध ३ गोल गर्न सकेको खण्डमा च्याम्पियन्स लिगमा बार्सिलोनाको कीर्तिमानसँग बराबर गर्नेछ । बार्सिलोनाले सन् १९९९-२००० को सिजनमा ४५ गोल गरेको थियो ।
त्यति बेला काटलान टोलीले १६ खेलमा २.८ को औसतमा गोल गरेको थियो । अहिले कोभिड १९ का कारण च्याम्पियन्स लिगका खेल घटेका छन् । बार्यनले जम्मा ११ खेलमा ४.२ को औसतमा ४२ गोल गरेको छ ।
अर्कोतर्फ बायर्नका फरवार्ड रोबेर्ट लेवान्डोवस्कीले फाइनलमा २ गोल गरेको खण्डमा उनले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गर्नेछन् । २०१३-१४ को सिजनमा रोनाल्डोले च्याम्पियन्स लिगमा १७ गोल गरेका थिए ।
पोल्यान्डका स्ट्राइकरले यो सिजन ४६ खेलमा ५५ गोल गरिसकेका छन् । त्यस्तै उनले च्याम्पियन्स लिगमा पछिल्ला ९ खेलमा गोल गर्न सफल भएका छन् । सेमिफाइनलमा लियोनविरुद्ध हेडमार्फत गोल गरेका लेवान्डोवस्कीको यो सिजन च्याम्पियन्स लिगमा १५ गोल पुगेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]