default_image

5 years ago

August 22, 2020

‘मेस्सीका लागि म्यानचेस्टर सिटी उपयुक्त’

188 views

0 Bookmark

एजेन्सी – क्लबसँग सम्झौता नविकरण गर्ने प्रक्रिया रोकिएको अवस्थामा बार्सिलोना कप्तान लियोनल मेस्सी र नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानबीच बिहीबार भेटघाट भएको थियो । भेटघाटको मुख्य विषय बार्सिलोनामा मेस्सीको भविष्य के हुने भन्नेमा थियो ।

यसबीचमा मेस्सीका पूर्व सहकर्मी याया टुरेले क्याम्प नोउ छाडेको खण्डमा इन्टर मिलान भन्दा म्यानचेस्टर सिटी उपयुक्त हुने सल्लाह दिएका छन् । मेस्सीका लागि खर्च गर्न सिटी सक्षम रहेको टुरेले बताएका छन् । प्रशिक्षक पेप गुआर्डीओलासँग रहँदा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेको कारण पनि सिटी उनको गन्तव्य बन्न सक्छ ।

‘यदि मेस्सीले बार्सिलोना छाड्ने भने उनी म्यानचेस्टर सिटी जान सक्छन्’, सिटीका पूर्व स्टार टुरेले भने, ‘सिटी उनलाई खरिद गर्न सक्षम छ । इमान्दारपूर्वक भन्दा प्रिमियर लिगमा केहि क्लब मात्र उनलाई किन्ने क्षमता राख्छन् ।’

यद्दपी टुरेले मेस्सीले बार्सिलोना छाड्नेमा भने शंका गरेका छन् । उनले भने, ‘मलाई थाहा छ मेस्सीले बार्सिलोनालाई एकदम माया गर्छन । उनलाई त्यहाँको माहोल मन पर्छ ।’

टुरेले मेस्सी इग्ल्यान्ड जाँदाको अवस्थामा केहि आलोचनाको सामना भने गर्नुपर्ने अनुमान गरे । ‘ यदि उनी सिटीमा गए भने प्रिमियर लिग थप रोचक हुनेछ । लिग पनि रोमाञ्चक र थप प्रतिस्पर्धात्मक हुने छ,’ उनले भने, ‘जसरी मेस्सी खेल्छन् उनीविरुद्ध खेल्ने प्रशिक्षणले पनि त्यसरी नै तयारी गर्नेछन् । उनले केहि आलोचनाको सामना भने गर्नुपर्छ ।’

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.