5 years ago
August 23, 2020
एजेन्सी – प्रतिस्पर्धा कम हुने र एकै टोलीले लगतार वर्चस्व जमाइरहने भएका कारण जर्मनी र फ्रान्सको लिगलाई फार्मर्स लिगको संज्ञा दिइएको थियो । तर, यही राष्ट्रका क्लबले स्पेन, इंग्ल्यान्ड र इटलीको क्लबलाई क्वाटरफाइनलभन्दा अघि बढ्न दिएनन् ।

जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धा हुने अन्य राष्ट्रको लिगको टोलीलाई पन्छाउदै यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएका छन् । यि दुई टोलीबीचको फाइनल आइतबार राति पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।
बायर्न ११औं पटक तथा पीएसजी पहिलोपटक फाइनलमा पुग्न सफल भएका हुन् । बायर्नले फ्रेन्च क्लब लियोनलाई तथा पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगलाई समान ३–० ले हराउँदै फाइनलमा स्थान बनाएका थिए । यस्तोमा पीएसजी पहिलोपटक च्याम्पियन बन्ने दाउमा हुँदा बायर्न छैटौपटक च्याम्पियन बन्ने योजनामा हुनेछ ।
दुवै टोली च्याम्पियन्स लिग उपाधिसहित सुखद अन्त्य गर्ने सुरमा हुनेछन् । उत्कृष्ट खेलाडीले भरिएको दुई टोलीबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । उपाधिको बलियो दावेदार बायर्नले यो सिजन ५१ खेल खेल्दा ४२ जित, ४ बराबरी र ५ हारको नतिजा निकालेको छ । यसक्रममा बायर्नले घरेलु दुई प्रतियोगिता जित्दै एकमा उपविजेता बनेको छ । यसक्रममा बायर्नले १५८ गोल गर्दा ५० गोल खाएको छ ।

बायर्नका लागि रोवर्ट लेवान्डोस्की गोल मेसिनको रुपमा उभिएका छन् । उनले ४६ खेलमा ५५ गोल गर्दै यो सिजन सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन् । उनले च्याम्पियन्स लिगमा मात्रै १५ गोल गरिसकेका छन् । उनी एक सिजन १७ गोल गर्ने इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा मात्रै पछि छन् । उनी रोनाल्डोको कीर्तिमान बराबरी या तोड्ने अभियानमा हुनेछ ।
पीएसजीविरुद्ध लेवान्डोस्की नै मुख्य हतियार हुनेछ । बायर्नसँग थोमस मुलर, लियोन गोरेट्ज्का, सर्जी जिनाब्री, म्यानुयल नुएर, अलफन्सो डाभिस, जेरोमी बोएटिङ र जोसुवा किम्मिचजस्ता खेलाडीको साथ रहनेछ ।
यता, यस सिजन फ्रान्सको घरेलु फुटबलका चार उपाधि जितिसकेको पीएसजी सिजनको पाँचौ उपाधि जित्दै च्याम्पियन्स लिगम जित्दै इतिहास रच्न चाहन्छ । सिजनको सुरुवातमा फ्रान्सेली सुपर कप जितेको पीएसजीले फ्रेन्च लिगसँगै फ्रेन्च कप र फ्रेन्च लिग कप जितेको थियो । पीएसजीले यो सिजन ४८ खेल खेल्दा ४० जित ४ बराबरी र हारको नतिजा निकालेको छ । यसक्रममा १३६ गोल गर्दा ३४ गोल खाएको छ ।

पीएसजीका लागि केलियन एमबाप्पे र नेयमार जस्ता विश्वस्तरिय खेलाडीको साथ रहेको छ । एमबाप्पेले यो सिजन ३० गोल तथा नेयमारले १९ गोल गरेका छन् । यस्तै मौउरो इकार्डी, मार्किन्योस, एन्जल डी मारिया र जुआन बर्नाट, थियागो सिल्भा, पाब्लो साराविया, एन्डर हरेरा, जुलियन ड्राक्सलर, थिलो केरहर र इरिक म्याक्सिम चुपो मोटिङ जस्ता खेलाडीहरु रहेका छन् ।
बायर्न र पीएसजीको पछिल्लो तीन खेलमा बायर्न दुई पटक तथा पीएसजी एकपटक विजयी भएको छ । यि दुई टोली पछिल्लोपटक २०१८ मा च्याम्पियन्स कपमा भिडेका थिए । जसमा बायर्न ३–१ ले विजयी भएको थियो । त्यसअघि च्याम्पियन्स लिगको समूह चरणमा बायर्नले ३–१ ले जित्दा पीएसजीले पनि ३–० को जित निकालेको छ ।
बायर्नको फाइनल यात्रा
समूह चरण
रेडस्टार बेलग्रेडविरुद्ध (३–०) , टोटेनहमविरुद्ध (७–२), ओलम्पियाकोसविरुद्ध (३–२), ओलम्पियाकोसविरुद्ध (२–०), रेडस्टार बेलग्रेडविरुद्ध (६–०), टोटेनहमविरुद्ध (३–१)
प्रि–क्वाटरफाइनल
चेल्सीविरुद्ध (३–०), चेल्सीविरुद्ध (४–१)
क्वाटरफाइनल
बार्सिलोनाविरुद्ध (८–२)
सेमिफाइनल
लियोनविरुद्ध (३–०)

पीएसजीको फाइनल यात्रा
समूह चरण
रियल मड्रिडविरुद्ध (३–०), गालाटासारेविरुद्ध (१–०), क्लब ब्रुगविरुद्ध (५–०), क्लब ब्रुगविरुद्ध (१–०), रियल मड्रिडविरुद्ध (२–२), गालाटासारेविरुद्ध (५–०)
प्रि–क्वाटरफाइनल
बोरुसिया डर्टमन्डविरुद्ध (१–२), बोरुसिया डर्टमुन्डविरुद्ध (२–०)
क्वाटरफाइनल
एटलान्टाविरुद्ध (२–१)
सेमिफाइनल
आरबी लाइप्जिगविरुद्ध (३–०)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]