default_image

5 years ago

August 23, 2020

लिभरपुलको सहज जित, एभर्टन रोकियो

170 views

0 Bookmark

एजेन्सी – अघिल्लो सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले क्लब मैत्रीपुर्ण खेलमा सहज जित निकालेको छ ।

अष्ट्रियामा शनिबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब भीएफबी स्टुटगार्टमाथि ३–० को सहज जित हात पारेको हो । लिभरपुलको जितमा रोवर्टाे फिर्मिन्हो, नावी केइटा र रायन ब्रिभस्टरले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।

१५औं मिनेटमा फिर्मिन्होको गोलबाट लिभरपुलले खेलमा अग्रता बनाएको थियो । ४०औं मिनेटमा नावी केइटाले अग्रता दोब्बर पारे । दोस्रो हाफमा लिभरपुलले पुरै ११ जना खेलाडी परिवर्तन गरेको थियो । ६८औं मिनेटमा परिवर्तित रियानले गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

यस्तै अर्काे मैत्रीपुर्ण खेलमा इंग्लिस क्लब एभर्टनले लिग वान क्लब ब्ल्याकपुलसँग ३–३ गोलको बराबरी खेलेो छ । एभर्टनले ३–० ले पछि परेको स्थिति उल्ट्याएर खेललाई बराबरीमा ल्याउन सफल भएको हो ।

सिजे ह्यामिल्टन, सुले काइकाइ र ग्रान्ट वार्डले गोल गर्दा ब्ल्याकपुलले ११ मिनेटभित्र ३–० को अग्रता बनाएको थियो । तर, ब्ल्याकपुलले त्यो अग्रता जोगाउन सकेन । २२औं मिनेटमा डोमिनिक कलभर्ट लेविनले गोल गरे । ३०औं र ७२औं मिनेटमा गिल्फी सिगर्डसनले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

Success

Thank you for your time.