5 years ago
August 24, 2020
एजेन्सी – सात वर्षअघि दुई जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

त्यतिबेला पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की डर्टमुन्डबाट बायर्नको रक्षापङ्ति ध्वस्त पार्ने र पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा थिए । हुन पनि त्यतिबेला डर्टमुन्डले गज्जबको फुटबल खेल खेल्दा लेवान्डोस्की टोलीका मुख्य हतियार थिए ।
लेवान्डोस्की फाइनलमा चुक्दा डर्टमुन्ड पनि उपाधिबाट बञ्चित बनेको थियो । तर, लेवान्डोस्कीको त्यही खुसी ७ वर्षपछि फर्किएको छ । यसपटक भने बायर्नको जर्सीमा । त्यतिबेला फाइनलमा लेवान्डोस्कीको डर्टमुन्ड बायर्नसँग २–१ ले पराजित भएको थियो । वेम्बली स्टेडियम लन्डनमा भएको फाइनलमा बायर्नका लागि मारियो म्यान्जुकच र आर्जेन रोबेनले गोल गर्दा डर्टमुन्डका इल्केए गुन्डोगानले एक गोल फर्काएका थिए ।
त्यतिबेला बायर्न म्युनिखविरुद्ध आक्रमण बुनेका लेवान्डोस्कीले आइतबार राति बायर्नबाटै ७ वर्षपछि च्याम्पियन्स लिगको उपाधि जित्दै सात वर्षपछि खुसी फर्काएका हुन् । त्यतिबेलाको फाइनल र आइतबार रातिको फाइनलमा गोल गर्न असमर्थ रहेपनि लेवान्डोस्कीले च्याम्पियन्स लिग जित्ने धोको पुरा गरे ।

लेवान्डोस्कीकै उच्च प्रदर्शन प्रेरित बायर्न म्युनिख अपराजित रहँदै च्याम्पियन बन्न सफल भएके थियो । पोर्चुगलको लिस्वनमा आइतबार राति भएको खेलमा बायर्नले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि १–० को झिनो जित निकाल्दै बायर्न पनि ७ वर्षपछि नै च्याम्पियन बन्न सफल भएको थियो ।
त्यतिबेला च्याम्पियन्स लिगमा १० गोल गरेका ३२ वर्षे लेवान्डोस्की यो सिजन १५ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बने । जर्मन बुन्डेसलिगामा कीर्तिमान तोड्दै सर्वाधिक गोलकर्ता बनेका लेवान्डोस्की यस वर्षको ब्यालोन डी’ओरका समेत हकदार थिए । तर कोरोनाले सिर्जना गरेको विषम परिस्थतिमा अवार्ड नै रद्द गरिएको छ ।
यो पनि :
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]