5 years ago
August 24, 2020
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै च्याम्पियन्स लिग उपाधि जित्दा क्याटलान क्लब बार्सिलोनालाई अप्रत्यक्ष रुपमा घाटा भएको छ ।

बायर्नले उपाधि जित्दा क्लबमा बार्सिलोनाबाट लोनमा आएका फिलिपे कोउटिन्हो पनि सामेल थिए । कोउटिन्होले फाइनल पनि दोस्रो हाफमा वैकल्पिक खेलाडीक रुपमा मैदान प्रवेश गर्दै खेलेका थिए । त्यसअघि क्वाटरफाइनलमा आफ्नै अभिभावक क्लब बार्सिलोनालाई ८-२ ले हराउँदा कोउटिन्होले २ गोल गर्नुका साथै एक असिस्ट दिएका थिए ।
सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट कोउटिन्हो १ सय ४२ मिलियन पाउण्डमा बार्सिलोना आएका थिए । तर बार्सिलोनामा पहिलो सिजन अपेक्षित प्रदर्शन गर्न नसकेपछि उनी एक सिजनका लागि लोनमा बायर्न पुगे । बायर्नका लागि पनि औसत नै प्रदर्शन गरिरहेका कोउटिन्होले बेन्चबाट मैदान प्रवेश गर्दै बार्सिलोनाविरुद्ध प्रभावशाली प्रदर्शन गरे ।
च्याम्पियन्स लिगबाट बहिर्गमनमा भूमिका खेलेका कोउटिन्होका कारण बार्सिलोनालाई आर्थिक घाटा समेत पर्ने भएको छ । बार्सिलोनाले लिभरपुलबाट कोउटिन्होलाई अनुबन्ध गर्दा सम्झौतामा बोनस र थप सफलताका आधारमा प्राप्त गर्ने पैसामा एक विशेष प्रावधान राखेको थियो । उक्त प्रावधान अनुसार सुरुवाती दुई सिजनमा कोउटिन्होले च्याम्पियन्स लिग जितेको खण्डमा लिभरपुलले ४.५ मिलियन पाउण्ड (नेपालीमा झन्डै ७० करोड रुपैयाँ) प्राप्त गर्ने उल्लेख थियो ।

सम्झौताको प्रावधानमा कोउटिन्होले सुरुवाती दुई सिजनमा च्याम्पियन्स लिग उपाधि जितेको खण्डमा रकम तिर्नुपर्ने उल्लेख गरिएको छ । उनी कुन क्लबबाट खेलेको हुनुपर्ने भन्ने उल्लेख छैन । कोउटिन्हो बार्सिलोनामा मोटो रकममा गएका कारण सायदै कसैले उनलाई दोस्रो सिजन अन्यत्र क्लब जान्छन् र च्याम्पियन्स लिग जित्लान भन्ने सोचेको थियो ।
संयोगवश बार्सिलोना आफ्नै खेलाडीको प्रदर्शनका कारण लज्जास्पद हार बेहोर्न पुग्यो । सेमिफाइनलमा लियोनलाई ३-० ले पराजित गरको बायर्नले फाइनलमा पीएसजीको चुनौती पन्छाउँदै उपाधि पक्का गर्यो । बार्सिलोनाले कोउटिन्होलाई बायर्नमा लोनमा पठाउँदा उपाधि जितेवापत केहि बोनस प्राप्त गर्ने पनि उल्लेख गरिएको छ । तर त्यो रकम निकै कम रहेको स्रोतले जनाएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]