default_image

5 years ago

August 26, 2020

सुआरेजलाई बिदा गर्न कोम्यानद्वारा ६० सेकेन्डको फोन कल

157 views

0 Bookmark

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजले क्याटलान क्लब बार्सिलोनाको नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले बार्सिलोनामा आफ्नो भविष्य नरहेको बताएका छन् ।

बार्सिलोनाको संचारमाध्यम स्पोर्टका अनुसार प्रशिक्षक कोम्यानले सुआरेजलाई फोन वार्तामा बार्सिलोनाको कुनै भविष्य नरेहको बताइएको छ । कोम्यान र सुआरेजबीच ६० सेकेन्ड अर्थात १ मिनेटमात्रै फोन वार्ता भएको थियो । कोम्यानको यो व्यवहारले पनि सुआरेज रुष्ट भएको बुझिएको छ ।

३३ वर्षे फरवार्ड कोम्यानको योजनामा नरहेकाले उनी नै क्लब छाड्ने प्रमुख खेलाडी हुनेछन् । बार्सिलोनामा सुआरेजको सम्झौता अझै एक वर्ष बाँकी छ । उनी एक सिजन बार्सिलोनामै रहेर अर्काे सिजन फ्रि–ट्रान्सफरबाट सरुवा हुन पनि सक्नेछन् । तर, युरोपका ठुला क्लबहरुले सुआरेजमाथि नजर लगाइसकेको छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारसँगै बार्सिलोना नयाँ बलियो टिम बनाउने योजनामा छ । बार्सिलोनाको समाचार आउटलेट स्पोर्ट्सका अनुसार ६० सेकेन्डसम्म चलेको वार्तालापमा उनलाई बेच्न चाहेको खुल्लम खुल्ला बताएपछि सुआरेज क्रोधित भएको बताइएको छ ।

यो वार्तापछि सुआरेज बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टाेमेउसँग पनि क्रोधित बनेका छन् । जसले क्याटलान क्लबमा सुआरेजको भुमिकाको बारेमा कुरा समेत गरेका छैनन् । ‘यदि क्लबको चाहना हो भने राम्रो हुन्छ । तर, इन्चार्जले छनोट गरेको व्यक्तिले मसँग सिधै बोल्छ भने म छाड्न तयार छु,’ सुआरेजले भने, ‘म क्लबको पनि राम्रो चहान्छु । यो मेरो पनि चाहना हो । निर्णय गर्नेहरुसँग कुरा गर्न कुनै समस्या छैन ।’

सुआरेज क्लबको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । उनले सेजार रोड्रिग्वेजलाई उछिनेका छन् । सुआरेजले बार्सिलोनाको लागि २८३ खेलमा १९८ गोल गरेका छन् । ६ वर्षको बार्सिलोना बसाईमा सुआरेजले हरेक सिजनमा २० भन्दा बढी गोल गरेका छन् ।

उनले गत सिजन उनी चोटका कारण चार महिना मैदान बाहिर रहेर पनि २१ गोल गरेका थिए । जुन बार्सिलोनामा उनको सबैभन्दा कम स्कोर हो ।

यो पनि : मेस्सीलाई बार्सिलोनामै राख्ने कसरत

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.