default_image

5 years ago

August 27, 2020

मेस्सी बार्सिलोनामै बसे बार्टोमेउले अध्यक्ष पद छाड्ने

173 views

0 Bookmark

एजेन्सी– कप्तान लियोनल मेस्सीले क्लब छाड्ने निर्णय बदलेको खण्डमा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजीनामा गर्न सक्ने संकेत गरेका छन् ।

अर्जेन्टिनी सुपर स्टारले मंगलबार पत्र लेख्दै क्लब छाड्न चाहेको प्रष्ट पारेका थिए । उनले अध्यक्ष बार्टोमेउलाई पत्र लेख्दै आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार अनुबन्धन तोड्न आग्रह गरेका थिए । एक वर्ष सम्झौताको अवधि रहँदै मेस्सीले क्लब छाड्न चाहेपछि त्यसले सबैभन्दा बढी दबाब भने अध्यक्ष बार्टोमेउमाथि परेको छ ।

बार्सिलोनाका कप्तान मेस्सीले सार्वजनिक रुपमै क्लबमा बस्ने घोषणा गरेको खण्डमा बार्टोमेउले पदबाट अलग हुने बताइएको छ । मेस्सीले पत्र पठाएपछि क्लब बोर्डको आकस्मिक बैठक बसेको थियो । उक्त बैठकमा विभिन्न कोणबाट छलफल हुँदा बार्टोमेउको राजिनामाबारे पनि चर्चा भएको थियो । बार्टोमेउले त्यसबेला केहि समय मागेका थिए ।

बार्टोमेउले मेस्सी क्लबमा रहे आफूले पद छाड्ने मनासय बनाएपछि अब फेरि निर्णय पुनर्विचार गर्न मेस्सीमाथि दबाब थपिएको छ । यद्दपी यसमा उनको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । मेस्सीले केहि दिनमा नै आफ्नो भनाइ राख्ने बुझिएको छ ।

मेस्सीले क्लब छाड्ने इच्छा व्यक्त गरेपछि बार्टोमेउमाथि बोर्डको अविश्वास बढेको बताइएको छ । यसअघि पनि बार्टोमेउ र मेस्सीबीच विभिन्न प्रसंगमा मतभेद रहेको बताइएको थियो । प्रशिक्षक भालभेर्डे बर्खास्त, नेयमार अनुबन्धन, ग्रिजमनको सम्झौता लगायत विषयमा यी दुईबीच सहमति हुन सकेको थिएन ।

यो पनि : मेस्सी बार्सिलोनाको प्रशिक्षणमा सामेल हुने

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.