default_image

5 years ago

August 29, 2020

मेस्सीलाई सम्पर्क गर्दै नेयमार र डि मारिया

172 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीका विषयमा गम्भिर चासो देखाएको बताइएको छ । त्यसै कारण नेयमार र एन्जल डि मारिया मेस्सीको सम्पर्कमा रहेको बताइएको छ ।

पिएसजीका खेलकुद निर्देशक लियोनार्दोले पनि अर्जेन्टिनी सुपर स्टारका प्रतिनिधिसँग पेरिस योजनाका विषयमा छलफल गरेका थिए । तर, अहिलेको समयमा मेस्सीले म्यानचेस्टर सिटी रोज्ने अनुमान गरिएको छ ।

बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओला अहिले सिटीका प्रशिक्षक रहेका कारण मेस्सीको गन्तव्य त्यहाँ हुन सक्ने अनुमान छ । त्यसका बावजुद पनि पिएसजीका स्टारहरुले मेस्सीलाई मानाउन प्रयास गरिरहेका छन् ।

नेयमार र डि मारियाले पिएसजी जानका लायि मेस्सीसँग सम्पर्क गरेको बताइएको छ । दुवै जनासँग मेस्सीको सम्बन्ध राम्रो रहेको छ । नेयमारसँग मेस्सीले बार्सिलोनामा केहि वर्ष सहकार्य गरे । त्यस्तै डि मारिया अर्जेन्टिनी टोलीको मुख्य सदस्य मध्ये एक हुन् भने मेस्सी टोलीका कप्तान ।

मेस्सीलाई पिएसजीमा आबद्ध गराउन सकेको खण्डमा टोलीले युरोपिनय फुटबलमा प्रभाव जमाउन सक्ने भएकोले प्रयास थालेको हुन सक्छ । बायर्न म्युनिखसँग च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा ८–२ को हार बेहोरेको केहि दिनमा मेस्सीले क्लब छाड्ने निर्णय लिएका हुन् ।

मेस्सीले क्लबलाई पनि आफ्नो इच्छा पत्रमार्फत जानकारी गराइसकेका छन् । यद्दपी क्लबले कुनै निर्णय गरेको छैन । पिएसजी यसपटक इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । तर टोली फाइनलमा सोही बायर्नसँग पराजित भएको थियो ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.